मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानिय स्तरमै उत्पादन कृषि जन्य वस्तुहरुको प्रर्बदन गर्नका लागी बर्दियाको गेरुवा गाँउपालिकामा कृषिमेला
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य बर्दिया,माघ,१२। बर्दियाको गेरुवा गाउँपालिकाको शान्तिबजारमा स्थानिय स्तरमै उत्पादन भएका कृषि जन्य वस्तुहरुको उत्पादनकर्ता लाई संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले कृषि प्रदर्शनी मेला विहिवार देखि सुरु भएको छ । माघ ११ गते देखि सुरु भएको कृषि मेला १३ गते सम्म चल्ने छ । गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिंह के.सी. ले यस मेलाबाट कृषकहरुले आफ्ना उत्पादनहरु प्रदर्शनी गरेर गाउँमा उत्पादन भएका बस्तुहरुको प्रचार प्रसार गर्ने र युवाहरुलाई विदेश पलायन हुन नदिनका लागी सम्मानीत कृषि पेशामा युवाहरुलाई आर्कषित गर्न सबै एकजुट भई हातेमालो गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए । यस क्षेत्रको विकासको मुल आधार नै कृषि भएकाले विशेष योजना सहित कृषि पेशा लाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरु लिएर गाँउपालिका अगाडि बढ्ने केसीले बताएका छन् । कृषि जन्य वस्तुको उत्पादन र ब्यापार ब्यवसायमा बृद्धी गराई कृषकहरुको उन्नती गर्नका लागि यस्तो मेलाहरुको आयोजनाले टेवा पुग्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रशुराम रावतल वताए । यस्ता मेलाले उत्पादन भएका बस्तुको प्रचार प्रसार हुने रावतको भनाई छ । उनले राजापुर क्षेत्र अन्नबाली उत्पादनको भण्डार भएकाले दुई खेती धान बाली लगाउन कृषकहरुलाई आग्रह गर्नुका साथै जिल्ला कृषि विकास कार्यालय कृषकहरुकै भावना अनुसार अगाडि बढिरहेको बताए । राजापुर कृषिको सम्भावना भएको क्षेत्र भएकाले विभिन्न प्रविधि र विउका जातको वारेमा जाकारी दिनुका साथै कृषि प्रर्दशनीले कृषकहरुमा उर्जा प्रदान गर्ने भएकाले मेला आयोजना गरिएको कृषि वरिष्ठ अधिकृत रावतले जानकारी दिएका छन् । कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली, फलफुल, तरकारी, दलहन तथा तेलहन, मसला, माछा, मौरी, उखु लगायत कृषि स्टल प्रदर्शनका लागि राखिएको छ ।

     

     

  • १२ माघ २०७४, शुक्रबार ११:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित