, बाँसगढी, बर्दिया, माघ १२ / बर्दियाको बाँसगढीमा शुक्रबार देखि दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया महोत्सव सुरु भएको छ । महोत्सवको सिचाई मन्त्रि संजय कुमार गौतमले बिधिबत रुपमा उद्घाटन गरेका छन । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्रि गौतमले अवको अभियान बिकास र समृद्धिको अभियान भएको बताएका छन । बर्दिया क्षेत्र १ बाट प्रतिनिधी सभाका निर्वाचित सदस्य समेत रहेका गौतमले बर्दिया हरेक क्षेत्रको हिसावले बिकासको लायक भएकाले बर्दियाको बिकासको लागी सबैको सहकार्य र मिल्नुको बिकल्प नभएको बताए । उनले निर्वाचनमा आफुले गरेका हरेक प्रतिबद्धता ५ बर्ष भित्रमा पुरा गर्ने समेत प्रतिबद्धता दोहर्याएका छन । बाँसगढी उद्योग बाणिज्य सँघका अध्यक्ष कटक बिसिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासँघ प्रदेश नम्बर ५ का संयोजक गुर्णनिधी तिवारी, उद्योग बाणिज्य महासँघ प्रदेश सदस्य कृष्णप्रसाद श्रेष्ठ, नरेन्द्र शर्मा, प्रदेश सभा सांसद भुवनेश्वर थारु, निर्वतमान सांसद श्याम ढकाल, मेला प्रमुख संरक्षक तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, ईलाका प्रशासन कायालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, बर्दिया जिल्लाका सुरक्षा निकायका प्रमुख, बर्दिया र बाँके जिल्लाका उद्योग बाणिज्य सँघका प्रमुख, बिभिन्न राजनितिक दलका प्रतिनिधी, समाजसेबी, लगायतको सहभागीता रहेको थियो । मेलाको उद्घाटन कार्यक्रममा थारु संस्कृती झल्कने नाच, सिंगारु, लहरे, सरंगे नाच, पञ्चेबाजा लगायत बिभिन्न समुदायको संस्कति झल्काउदै बाँसगढी बजारमा झाँकी रहित र्याली निकालिएको र उद्घाटन कार्यक्रममा समेत प्रद्धर्शन गरिएको थियो । महासचिव गोबिन्द बरालले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामसिङ थारले स्वागत मन्तव्यबाट गरेका थिए । २२ गते सम्म सञ्चालन हुने मेलामा सुचना प्रबिधि, कृषि उपज, जडिबुटी, शैक्षिक प्रर्दशनी, पर्यटन, हस्तकला, लद्यु उद्योग, सेवा मुलक संघ संस्था, बैंक बित्तिय तथा सहकारी संस्था, होटल रेष्टुरेन्ट, मौलिक कला संस्कृती, थारु गाँउ लगायत गरी २ सय ५० स्टल वटा स्टलहरु रहेका छन । भोली देखि महोत्सव प्रबेशको लागी ५० रुपैया टिकटको व्यवस्था गरिएको र बिद्यार्थी, अपांग, बृद्धबृद्धाहरुको परिचय पत्रको आधारमा १५ प्रतिशत छुटको व्यवस्था रहेको मेला आयोजकले जनाएको छ । बर्दियाको पर्यटन, कला संस्कृतीको प्रचार प्रसार, स्थानिय स्तरमा उत्पादित बस्तुहरुको प्रर्दशनी सँगै बाँसगढी उद्योग बाणिज्य सँघको सभा हल सहितको भवन निर्माणको उदेश्य सहित महोत्सवको सञ्चालन गरिएको हो । “उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतीको पहिचान, ग्रामिण प्रबिधी, बैज्ञानीक प्रविधिहरुको बृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहित बाँसगढी उद्योग बाणिज्य सँघको मुख्य आयोजना, बाँसगढी नगरपालीकोको आयोजना र उद्योग बाणिज्य महासँघ प्रदेश नम्बर ५ को सहआयोजनामा सञ्चालन हुने महोत्सवको करिब २ लाखले अबलोकन गर्ने र ४ करोड बढी कारोबार गर्ने लक्ष्य रहेको छ । १३ गते महोत्सवको दोस्रो दिन शनिबार राष्ट्रिय गायक टंक तिमेल्सेना, रेशमा केसी, सिएल शर्मा लगायत स्थानिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुती हर्न पाईने मेला व्यवस्थापक निर्मण आचार्यले जानकारी दिएका छन ।