मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वागेश्वरी एमेडेमीको शानदार जित
  • मार्गरेखा संवाददाता

  • कोहलपुर माघ १२ । बाँकेको कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा वागेश्वरी एमेडेमीले शानदार जित निकालेको छ । टस जितेर पहिले मैदानमा उत्रिएको सगरमाथा ज्ञानपुञ्ज ४० रनमै प्याक भएको थियो । सुरुवाती बलमै विकेट गुमाएको सगरमाथाका खेलाडीहरु १४ ओभरसम्म टिकेपनि सागर जि.एम. (१४) बाहेक अन्य खेलाडीहरु दोहोरो अंक डोड्न असफल रहे । सगरमाथाका खेलाडीहरुलाई सस्तैमा रोक्ने क्रममा वागेश्वरीका बलर दिपेन्द्र रावतले ह्याट्रिक गरेका थिए भने शअनिस थापा र आयुस्मान वस्नेतले समान २÷२ विकेट लिएका थिए ।
    ४१ रनको झिनो लक्ष्य पछ्याएको वागेश्वरी एमेडेमीले २ ओभरमै लक्ष्य हासिल गरेको थियो । जसकालागी दिपेन्द्र रावतले ९ बलको सामना गर्दै २६ रन प्रहार गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच वागेश्वरी एमेडेमीका दिपेन्द्र रावत घोषित भए ।
    आगामी १५ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत आज आईडल पब्लीक स्कुल र तक्षशिला एकेडेमीबिच पहिलो खेल हुने छ भने दोस्रो खेलमा श्रीचन्द्र मेवालाल स्कुलले नेपालगन्जको थोमस स्कुलको सामना गर्ने आयोजक मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । प्रतियोगितामा बिजयी हुने टिमले २१ हजार तथा उप–विजेताले ११ हजार नगद प्राप्त गर्ने छ ।

  • १२ माघ २०७४, शुक्रबार २१:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित