मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एमाले र माओवादीसहमति माओवादीले २ मुख्यमन्त्री र २ सभामुख पाउने
  • मार्गरेखा संवाददाता

  • १४ माघ, काठमाडौं ।एमाले र माओवादी ले प्रदेश सरकारमा बढीमा ११ मन्त्री मात्र बनाउने सहमति गरेको छ । साथै एमाले र माओवादी केन्द्रबीच आफ्नो सरकार बन्ने प्रदेशको मन्त्रिपरिषदमा ७०/३० को भागवण्डा हुने भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख दलहरको भागवण्डा टुंगो लगाएको छ ।

    एमालेले चार मुख्यमन्त्री र चार सभामुख लिएको छ भने माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । उपसभामुख भने माओवादीले चार वटा लिनेछ र एमालेको भागमा दुई परेको छ ।

    प्रदेशमा कम्तीमा ७ र बढीमा ११ मन्त्री बनाउने सहमति भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । यसो हुँदा सबैभन्दा सानो प्रदेश मन्त्रिपरिषद् प्रदेश ६ मा हुनेछ । सबैभन्दा धेरै ११ मन्त्री प्रदेश १ र ३ मा हुनेछ ।

    कार्यदलका संयोजक एवं एमाले नेता सुवास नेम्वाङका अनुसार प्रदेश सरकारका मन्त्रीहरु समग्रमा ७० प्रतिशत एमाले र ३० प्रतिशत माओवादीबाट हुनेछ ।

    मुख्यमन्त्री र संसदीय दलको नेताको सहमतिमा मन्त्रीहरु चयन गर्ने सहमति कार्यदलमा जुटेको छ ।

  • १४ माघ २०७४, आईतवार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित