मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भेरी बबई डाईभर्सनको सुरुङ निर्माण कार्य तिब्र समयमै परियोजना सम्पन्न गर्न आग्रह बाँके क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथक
  • मार्गरेखा संवाददाता

  • SONY DSC

    कोहलपुर /बाँके क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको अवलोकन तथा निरिक्षण गरेका छन । अखिल क्रान्तीकारीका निवर्तमान केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने, प्रेस सेन्टर बाँकेका सचिव संगिन शर्मा सहीत आईतबार परियोजना निर्माणस्थल पुगेका अथकले परियोजनाका बारेमा जानकारी लिएक/ा थिए ।
    राष्ट्रिय गौरवको रुपमा हेरिएको परियोजना मार्फत यस क्षेत्रले विकासको अनुभुती गर्ने गरी काम भईरहेको भन्दै साँसद अथकले खुसी ब्यक्त गरे । उनले निर्धारित अवधिमै परियोजना सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडी बढाउन आग्रह समेत गरेका छन ।
    भेरी–ववई अन्तर डाईभर्सन परियोजनाको निर्माण कार्य तिब्र पारिएको छ । जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो परियोजना हो । बबईदेखी सुर्खेतको भेरीगंगा नगरपालिकास्थित हात्तीखालसम्म सुरुङ खन्ने काम तिब्र गतिमा चलिरहेको परियोजनाका ढलान विशेषज्ञ जगदिश सिंह श्रेष्ठले जानकारी दिए ।
    अत्याधुनिक प्रविधि भित्राएर सुरुङ खन्ने काम भईरहेको श्रेष्ठले बताए । कूल १२ किलोमिटर लामो सुरुङ खन्ने अवधि २४ महिना राखिएको छ । दैनिक २० मिटरका दरले हाल करिव १७ सय मिटर सुरुङ खनीसकेको श्रेष्ठले जानकारी दिए । नेपालमै पहिलो पटक पहाड फोड्न प्रयोग गरीने अत्याधुनिक प्रविधि मेसिन (टिबिएम) द्धारा सुरुङ खन्ने काम भईरहेको श्रेष्ठले बताए ।

  • १५ माघ २०७४, सोमबार ०६:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित