मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर प्रणाली व्यवस्थापन सगै कोहलपुरको समग्रह विकास हुने छ कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरी
  • मार्गरेखा संवाददाता

  • रबि रोकाया
    कोहलपुर माघ १५/ नगर स्तरीय उपभोक्ता हक हित संरक्षण समितिले कोहलपुरको विकासका लागि बृह्त छलफल शुरु गरेको छ । कोहलपुर नगरपालिका क्षेत्रको विकास सगै गुणस्तरतालाई मध्य नजर गरी उपभोक्ता हक हित संरक्षण समिति आफ्नो काम कारर्वाही अगाडि बढाइने उपभोक्ता हक हित संरक्षण समिति संयोजक एवम् कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले जानकारी गराईन् ।
    विशेगत सरोकारवाला निकाय विच सहकार्य गरी उपभोक्ता हक हित संरक्षणका विषयमा नीतिगत रुपमा ऐन बनाईने समते उप प्रमुख चौधरीले जानकारी गराईन् ।
    समितिले आगामी दिनमा कोहलपुरमा छरिएर व्यापार व्यवसाय तथा उनीहरुका कह अधिकारका बारेमा समेत बृह्त छलफल गरी करको दायरामा ल्याउने कार्य उत्त समितिले गर्ने रणनिति का साथ कोहलपुर नगरपालिका लागि परेको समितिका सदस्य डिल बहादुर परियारले जानकारी गराए ।
    उत्त समितिले कोहलपुर क्षेत्रको बजार अनुगमन गर्नुका व्यापारीहरु सग उनीहरुका व्यवसाय समस्या बारे अध्ययन गर्ने छ । समितिले विशेष गरी खाद्य तथा गुण नियन्त्रण कार्यालय औषधी व्यवस्थापन कार्यालय बाणीज्य कार्यालय लगाएत का सरोकारवाला निकाय सँग छलफल गरीएको थियो । आगामी दिनहरुमा सबै सरोकारवाला निकायहरु सँग सहकार्य गरेर उक्त समितिलाई सशत्त बनाई कोहलपुरको विकास गरीने उप प्रमुख एवम् उपभोक्ता हक हित संरक्षण समिति संयोजक सन्जु चौधरीले जानकारी गराईन् । उक्त समितिले कार्य सम्पादन गरेको खण्डमा कालो बजारी नियन्त्रण हुनुका साथै बजारमा गुणस्तर खाद्य बस्तु विक्रि वितरण हुनुको साथै कर प्रणालीमा सुधार हुने विश्वास उक्त कार्यक्रममा सरोकारवाला निकायहरुको बुझाई रहेको छ ।

  • १५ माघ २०७४, सोमबार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित