मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालले आफ्नो जमिनमा सडक बनाउदा भारतिय सुरक्षाकर्मि एसएसबीको अबरोध
  • मार्गरेखा संवाददाता

  • ;8s3f6df ;8s km/flsnf] kfg]{ sfo{df ef/tLo ;Ldf ;'/Iff ann] /f]Sb} s~rgk'/sf] a]nf}/L gu/kflnsf !) ;8s3f6df ;8s km/flsnf] kfg]{ sfo{ ef/tLo ;Ldf ;'/Iff an-P;P;jL_n] /f]Sb} . ef/tLo ;Ldf;Fu hf]l8Psf] ;8s3f6sf] g]kfnL e"ldd} af6f] km/flsnf] agfpFbf ef/tLo kIfn] x:tIf]k u/]kl5 ljjfb alNemPsf] 5 . tl:a/M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

    कञ्चनपुरको बेलौरी नगरपालिका १०  सडकघाटमा नेपाली पक्षले सडक फराकिलो पार्ने क्रममा भारतीय सीमा सुरक्षाबलले रोकेको छ । भारतीय सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले रोकेको हो ।

    भारतीय पक्षले सडक निर्माण कार्यलाई रोकेपछि अहिले दुई पक्षबीच छलफल भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

    घटनाबारे  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने, ‘बिवाद भनेका निर्माणको काममा दशजगा वरिपरी ‘नो मेन्स ल्याण्ड’मा नबनाउनु भन्यो भनेर कुरा आएको छ । नो मेन्स ल्याण्ड अन्तर्राष्ट्रिय सीमा हो, संरचना बनाउन पाईंदैन भनेको छ । यसबारे दुई पक्षको छलफल भईरहेको छ । समन्वय गरेर समझदारीमै टुंग्याउने प्रयासमा छौं । काम रोकिएको छ । नापी टोली कैलालीबाट आउँदैछ । नगरपालिकाले यहि बेलामा सड्क ग्राभेल गर्न थालेछ, नगरपालिकाको स्रोत साधनबाट सड्क ग्राभेल गर्न शुरु गरेको रहेछ ।’

    यसअघि गतसाल फागुनमा पनि कञ्चनपुरकै पुनर्बास गाविसस्थित सीमा क्षेत्रमै सीमा स्तम्भ र कल्भर्ट निर्माणबारे विवाद हुँदा भारतीय सीमा सुरक्षाबलको गोली लागी गोविन्द गौतमको ज्यान गएको थियो ।

    पुनर्वास नगरपालिका-८ आनन्द बजारको भारतसँग सीमा जोडिएको क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाउँदा गत फागुन २६ गते ३० वर्षीय गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेर नगद १० लाख दिने निर्णय गरेको थियो ।

    गौतमको हत्याको विषयलाई लिएर नेपालले भारतसँग असन्तुष्टि राखेको थियो ।

     

     

     

  • १६ माघ २०७४, मंगलवार ०८:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित