मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दोस्रो बाँसगढी महोत्सवमा बद्रीले रुवाए बाँसगढी बासीला
  • मार्गरेखा संवाददाता

  • रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया, माघ १६ /राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनीले बाँसगढी बासीलाई रुवाएका छन । दोस्रो बाँसगढी महोत्सवको ५ औँ दिन गायक बद्री पंगेनीको स्टेजमा आए सँगै माहोल एकाएक शान्त भयो । प्याउली पलायो बाँसगढीको मायाँले फेरी बोलायो भन्दै स्टेजमा उत्रिएका पंगेनीले केही बेर सम्म माहोललाई शान्त बनाए । उनले आमाहरुको बैदेशिक पिडा सहितको गित आमा छुट्टी पाँउदिन अहिलेको सालमा पनि आमा घरमा आउदिन भन्ने गित गाईरहदा मेला हेर्न आएकी कयौ आमाहरुको आखाँमा आँशु आउन बाध्य बनाए । उनले आमाहरुलाई मात्र होईना मञ्चमा रहेका अथिति लगायत सबै दर्शकहरुलाई मर्माहित बनाए । उनले गाएको लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्ने बोलको गित गाईरहदा पनि मञ्चको माहोल शान्त नै रह्यो । उनले २ ओेटा गित दर्शकहरुको बिचमै गएर गाएका थिए । उनले अन्यक उदारण दिर्दै दिदिबहिनी अब श्रीमानको तलवको भर नपरि आफै सक्षम हुन सिक्नु पर्ने कुरामा समेत जोड दिए । उनले रातो पछेउरी तातो पछेउरी, मायाँले झुक्यो, सुर्खेत बुल्बुले जाँउला जस्ता दर्शनौ गित गाएर दर्शकहरुलाई र्ममाहित सगै नाच्ने बनाए । त्यस्तै मोडल टिका जैसी लगायत स्थानिय कलाकारहरुले पनि मञ्च तताएका थिए । महोत्सवमा १७ गते बुधबार लोकदोहोरी गायक पशुपति शर्मा लगायत चर्चित राष्ट्रिय कलाकारहरुको आगमन हुने आयोजकले जनाएको छ । यहि माघ १२ गते देखि सञ्चालन भएको महोत्सव २२ गते सम्म चल्ने छ ।

  • १६ माघ २०७४, मंगलवार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित