मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज नगरको समग्र बिकाशको मुहान ७ दिन भित्र फेर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ १७ । नेपालगन्ज नगरको समग्र बिकाशको मुहान ७ दिन भित्र फेर्ने कार्यक्रम सहितको बजेट नेपालगन्ज उपमहानगरपालिकाले पाउन लागेकोले नेपालगन्ज नगरको बिकाशको अभियान सुरु भएको नेपालगन्ज उपमहागरपालिका मेयर डा धवल सम्मेर रानाले बताएका छन ।सो कुरा । नेपालगन्ज उपमहानगरपालिकाले बुधबार पत्रकार भेटघाट कार्यक्रममा बताए। नेपालगन्ज उप–महानगरपालिका थप ९० किलोमिटर सडक कालोपत्रे हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बुधबार पत्रकार भेटघाट गरी पछिल्लो चरणमा संचालन गरिएका कार्यक्रम, योजना र विकास बारेमा संक्षिप्त जानकारी गराउदै थप सडक कालोपत्र हुन लागेको जानकारी गराएको हो । नेपालगन्जमा अधुरो सडक, ढल, नालाहरुको पुर्वाधार विकासका लागि एशियाली विकास बैंकबाट क्षेत्रीय शहरी विकास आयोजना मार्फ दोस्रो चरणमा काम हुन लागेको उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाले जानकारी दिए । दोस्रो चरणमा सडक पिच र ढल निर्माणको काम हुने तयारीमा छ, प्रमुख राणाले भने,– त्यसका लागि ३ अर्ब ७१ करोड रुपिया बजेट रहेको छ ।

    पानी जम्ने नेपालगन्जमा ढल, नाली निकासको उचित व्यवस्थापनका लागि यसपटक ४० किलोमिटर ढल नाला निर्माण गरिने उपप्रमुख उमा थापा मगरले बताइन् । सदरलाईन क्षेत्रमा सडक बिस्तारका लागि केही दिनमै अन्तिम सूचना जारी गरिने भन्दै चाँडै निर्माण र विस्तार हुने पत्रकार भेटघाटमा जानकारी गराइयो । पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार, बसपार्क निर्माण कार्य जारी रहेको, न्यूरोडमा विशाल बजारका लागि डिपिआर बन्दै गरेको, गौशाला र सिटी हल निर्माणका लागि वडा नम्बर १४ मा जग्गा छनौट गरिएको, बैकल्पिक रंगशाला निर्माणका लागि नेपालगन्ज २३ हिरमिनियामा जग्गा खोजिएको लगायतका बिषयमा पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।

    यसैगरी बागेश्वरी मन्दिर ब्यवस्थापन गर्न लागिएको, नगरलाई खुला दिशामुक्त गर्ने कार्य अघि बढाइएको, काञ्जिहाउसका लागि जग्गा खोजी भईरहेको, सिसिटिभी जडान गरि सुरक्षा प्रबन्ध मिलाउन लागिएको जानकारी समेत गरियो । पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार ट्राफिक ब्यवस्थापनका लागि प्रमुख प्राथमिकता दिइएको छ । यस्तै सरसफाईलाई उच्च प्राथमिकता दिइएको छ ।

     

  • १७ माघ २०७४, बुधबार १९:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित