मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको कदम सर्वोच्चद्वारा रोक
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, १८ माघ । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै सदरमुकाम नसार्न भनेको हो । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारको निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

    न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी पोखरेल, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।

    रुकुम पूर्वको सदरमुकाम सार्ने सरकारको निर्णयको विरोधमा एक सातादेखि रुकुममा आन्दोलन चइरहेको छ । सरकारको सदरमुकाम सार्ने निर्णयको विरोधमा सदरमुकामका जनताले सीडीओलाई समेत घेराबन्दी गरेर राखेका थिए ।

  • १८ माघ २०७४, बिहीबार १५:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित