मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वेदाश्रम निमार्णका लागी तुलसीपुरमा महापुराण हुने
  • मार्गरेखा संवाददाता

  • तुलसीपुर १९ माघ
    गुरुकुल निमार्ण गर्ने उदेश्यले तुलसीपुरमा श्रीमद भागवतज्ञान महायज्ञ हुने भएको छ । उपमहानगरपालिका ६ रजौरामा रहेको लक्ष्मीनारायण मन्दिरमा वेदशास्त्रको अध्यणका लागी गुरुकुल स्थापनाका लागी भौतिक संरचना निमार्णमा सहयोग पु¥याउने उदेश्यले महापुराण हुन लागेको आयोजक मुल समितिले जनाएको ¥याउने उदेश्यले महापुराण हुन लागेको आयोजक मुल समितिले जनाएको छ । महायज्ञका बारेमा जानकारि दिने उदेश्यले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि त्यस्तो जानकारि दिएको हो । यहि फागुण २ गते देखि ९ गते सम्म मन्दिर परिसरमा संचालन हुने महापुराण बाट संकलन भएको रकम बाट वेदशास्त्रको अध्यणका लागी गुरुकुल र गौशाला निमार्ण गरिने बताईएको छ ।
    सो अवसरमा वैदिक सनातन हिन्दू धर्मको मूल आधार वेद र व्याकरण लोप हुने अबस्थामा रहेको भन्दै यसलाई जोगाईराख्न गुरुकुल आबश्यक रहेको मूल आयोजक समितिका संयोजक खिम प्रशाद खरेलले वताउनुभयो । अहिले देवघटमा मात्रै वेद अध्यणका लागी गुरुकुल सञ्चालन भईरहेको भएपनि देवघट देखी पश्चिममा कुनै पनि ठाउमा गुरुकुल सञ्चालनमा छैनन् । त्यसैले दाङमा गुरुकुल शिक्षा सञ्चालनमा ल्याउन महापुरण सञ्चालन गर्न लागिएको हो खरालले भन्नु भयो ।
    गुरुकुलले बिद्यार्थीको दैनिक जीवनमा आबश्यक ज्ञान, सीपमा आधारित अभ्यास मुलक शिक्षा दिने भएकाले पनि दाङमा अतिआबश्यक रहेको संयोजक खरेलले वताउनु भयो । अहिले समाजलाई अत्यावश्यक पर्ने कर्मकाण्डको पठनपाठन गराई वैदिक धर्मसंस्कृतिमा प्रचलित सोह्र संस्कारका साथै अन्य बिबिध नित्य धार्मिककर्महरु गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न गुरुकूल आबश्यक रहेको उहाको भनाई छ । ्
    त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै मन्दिरका संस्थापक स्वामि मधुसूदनाचार्य वेदान्तजीले धर्म , सस्कृतिको जर्गेना र वेदको अर्थ र यसको महत्व वुझाउनका लागी गुरुकुल आवश्यक रहेको भन्दै सवैको सहयोग भए गुरुकुल स्थापना र गौशाला स्थापना गर्न सम्भव रहने बताउनु भयो ।
    ्त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै मन्दीरका मठाधिश स्वामी केशवाचार्य ( सूर्यपाकी) ले दाङका उदारमन भएको दानविरहरुको सहयोगमा गुरुकुल र गौशाला स्थापना गर्ने बताउनुभयो । स्वईच्छिक रुपमा गरिने सहयोग बाट दाङको तुलसीपुरमा वेश जस्तो बिज्ञानले समेत मानेको शास्त्रको अध्यण शुरु हुनेमा आफु बिश्वस्त रहेको उहाँले बताउनुभयो । साथै उहाँले महापुराण सफल पार्नका लागी पत्रकारहरुको ठुलो भुमिका हुने भएकाले सवैले सहयोग गरि पुनित उदेश्यका लागी हुन लागेको महापुराण सफल वनाउन आग्रह गर्नु भयो ।
    ्त्यसैगरि सो अवसरमा मुलआयोजक समितिका सल्लाहकार डिल्ली बहादुर वस्नेत , उपसंयोजक घनश्याम शर्मा , प्रचार प्रसार समितका संयोजक नवराज रजौरे लगाएतकाले सवैजना आई महापुराणको श्रवण तथा यथासक्य सहयोग गर्नु सवैमा आह्वान समेत गर्नुभयो । महापुराण दाङबासी सवैको साझा भएको भन्दै सवैको थोपा थोपा सहयोगले गुरुकुल र गौशालानिमार्ण हुने बिश्वास ब्यक्त गर्नू भयो ।
    सो अवसरमा महोत्सब सञ्चालनको लागि आबश्यक तयारी भईरहेको जनाईएको थियो । त्यसैगरि महोत्सवका लागी राम बहादुर खत्रीको संयोजकत्वमा आर्थिक उपसमिति, नबराज रजौरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति लगायत १३ वटा विभिन्न उपसमिति गठन गरिएको बताईएको छ । पत्राकार सम्मेलनको सहजीकरण मुल समितिका सचिव डिल्लीराज रेग्मीले गर्नु भएको थियो ।

     

  • १९ माघ २०७४, शुक्रबार २०:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित