मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

धनियाँको दाना भिजाएको पानी पिउनले के के फाईदा हुन्छ
  • मार्गरेखा संवाददाता

  • धनियाँलाई स्वादका लागि प्रयोग गरिन्छ । तर, धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउने काम गर्छ । त्यसका लागि नियमित धनियाँको दाना  भिजाएको पानी पिउने गर्नुपर्छ ।

     

    ०  धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।

    ०  नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

    ०  धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

    ०  धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।

    ०   धनियाँको पानीमा भएको एस्कर्विक एसिड शरीरमा गएपछि एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ ।

  • २१ माघ २०७४, आईतवार ०८:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित