मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

घोराही उपमहानगरपालिका ले खरका छानो हटाउने अभियान शुरु
  • मार्गरेखा संवाददाता

  • घोराही, २१ माघ/ घोराही उपमहानगरपालिका १६ ले वडाभित्रका स्थानियहरुको खरले छाएका घरहरुमा टिन लगाउने प्रकृया सुरु गरेको छ । वडा भित्र रहेका ४८ घरधुरीमा खर र फुसको छानो भएको र ति घरहरुमा टिन लगाउने प्रकृया सुरु गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढाले जानकारी दिनुभयो ।

    ईन्जिनियर मार्फत प्राबिधिक नापजाँच सकिएको र ति खरका छानो भएका घरहरुका छिट्टै टिनको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ । साथै अहिले वडा सचिब र प्राबिधीक मार्फत घरहरुको विवरण सँगै घरको साईजका बारेमा अध्ययन भैरहेको छ ।

    आर्थिक अबस्था कमजोर भएकाहरुको मात्रै खरका छाना रहेको भन्दै वडा अध्यक्ष बुढाले स्थानियहरुले गोठमा समेत टिनको व्यवस्था गर्न माग गराखेको बताउनुभयो । अहिले वडाका खरका छानो हटाएर टिन लगाउने कामका लागि करिब १४ लाख रुपैयाँ आबस्यक देखिएको छ ।

    वडा कार्यालयले टिनको मात्रै व्यवस्था गर्ने र अन्य आबस्यक सामाग्रिहरुको व्यवस्था घरधनीले गर्नुपर्ने छ । खरको छानो हटाएर टिन लगाउन पाउने भएपछि स्थानियहरु खुसी भएका छन् ।

  • २१ माघ २०७४, आईतवार १३:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित