दुर्गा आचार्य
बर्दिया,माघ,२१। वालवालिकालाई मौलिक धर्म संस्कृतिको बारेमा जानकारी गराउने उद्धेश्यले बर्दियाको गुलरियामा शनिवार स्वामी विवेकानन्द संस्कृति ज्ञानपरीक्षा गरिएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल गुलरियाको आयोजनामा गरिएको धार्मिक क्विज प्रतियोगितामा जिल्लाका बिभिन्न निजी तथा सामूदायीक बिद्यालयका गरि करिव ४ सय भन्दा वढी छात्र,छात्राहरु सहभागि भएका छन् । कक्षा ६ देखि १२ सम्मका बिद्यार्थीलाई २ हजार प्रश्न भएको धार्मिक पुस्तक अध्यन गर्न दिई सोहि पुस्तकबाट ५० वटा धार्मिक प्रश्नबाट परिक्षा लिईएको हो । परिक्षमा प्रथम,द्धितीय र तृतियहनेलाई क्रमश ११हजार,७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्ौ गरि सान्त्वना हुने १० जनालाई ५ सय रुपैया पुरस्कार स्वरुप दिईएको आयोजकले जानकारी गराएको छ । वालवालिका लाई सामान्य ज्ञानमा धार्मिक चाँसो राख्नका लागि यस्तो कृयाक्लापले उत्साह प्रदान गर्नै भेरि कलेज अफ मेडिकल साईन्स गुलरियाका एम.डीं सुधाकार मिश्राले वताए । पछिल्लो समयमा अभिभावक हरुले समेत धर्मसंस्कृतिका वारेमा आफ्ना वालवलिकालाई जानकारी नगराउने भएका कारण वालवलिकाहरले आफ्नो धर्म सस्कृतिलाईनै बिर्सदै जाने अवस्था भएको हुदा यस्ता कृयाक्लाप पटक पटक हुनुपर्नै समेत मिश्राले वताएका छन् । कार्यक्रममा वालवालिका हरुले बिभिन्न नृत्य तथा धार्मिक भजन हरु प्रस्तुत गरेका थिए ।