मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज आर्थिक क्षेत्रको राजधानी बन्ने कुरालाई कसैले छेक्न नसक्ने नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेल
  • मार्गरेखा संवाददाता

  • SONY DSC

    माघ २२, बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेबाट सुरु भएको प्रादेशिक महोत्सव–२०७४ सम्पन्न भएको छ । सोमबार बिशेष कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको हो ।
    महोत्सव समापन समारोहमा प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले नेपालगन्ज आर्थिक क्षेत्रको राजधानी बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए । उनले प्रदेशको राजधानीका सवालमा थुप्रै बहस र छलफल भएको भए पनि एउटा ठाउ“मा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउ“मा विकास नरोकिने उल्लेख गरे । उनले नेपालगन्ज क्षेत्रको आर्थिक विकासका लागि सकेको गर्ने पनि बताए ।
    सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अक्षण चण्डीराज ढकालले राज्यले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको बताए । लगानीमैत्री वातावरणको खाँचो रहेको औल्याउ“दै ढकालले अब बन्ने सरकारले स्थीरताको वातावारण सिर्जना गर्नुपर्ने बताए ।
    कार्यक्रममा बोल्दै आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यले महोत्सव उत्साहजनक तरिकाले सम्पन्न भएको बताए ।
    महोत्सवलाई सफल बनाउन सहयोग गरेको भन्दै अध्यक्ष बैश्यले सबैलाई धन्यबाद दिए । उनले महोत्सवको लक्ष्यलाई पुरा गरि छाड्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
    शुभकामना मन्तब्य व्यक्त गर्दै संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले महोत्सवले नेपालगन्जलाई चिनाउन सहयोग गरेको र संघीय नेपालमा नेपालगन्जलाई महत्वपुर्ण स्थानमा पु¥याउने प्रतिक्रिया दिए । सो अवसरमा महोत्सव कार्यान्वयन समिति, बिभिन्न उपसमितिका संयोजक, सदस्य एवं पाहुनाहरुलाई धन्यबाद सहित मायाको चिनो प्रदान गरीएको थियो ।
    साथै ३ सय २१ स्टल रहेका उक्त महोत्सवमा २ करोड बढिको कारोबार भएको अनुममान गरीएको छ । १ लाख बढि दर्शकले अवलोकन गरेको उक्त महोत्सवबाट १ करोड बचत गर्ने लक्ष्य लिईएको छ । यद्यपी अझैं यकिन विवरण आउन बाँकी रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
    यसैबिच महोत्सवको अन्तिम दिन सोमबार हाँस्य कलाकार दमन रुपाखेतीले महोत्सवमा आएका पाहुना तथा दर्शकहरुलाई हँसायका थिए । आयोजकको विशेष निम्तामा नेपालगन्ज आएका दमनले दर्शकहरुका साथै सम्पूर्ण अतिथिहरुलाई हाँस्य ब्यङ्ग्यको खुराक पस्कीएका थिए ।

  • २२ माघ २०७४, सोमबार २०:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित