मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई साता लामो भारत भ्रमणमा, हिन्दुत्वको रक्षाका बिषयमा छलफल गर्ने पूर्व राजा ज्ञानेन्द्र शाह
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दुई साता लामो भारत भ्रमणका क्रममा हिन्दुत्वको बिषयमा छलफल गर्ने बताएका छन् । भारत भ्रमणमा जाने क्रममा पूर्वराजा शाहले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा लक्ष पूरा नभए अर्को बाटो रोज्नुपर्ने भन्दै सिद्धान्त नछोड्न सबैलाई आग्रह गरे ।

    पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमणमा निष्किएका छन् । पूर्व राजा शाह उडिसास्थित गोबर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुभेच्छुकको भिडभाडमा रहेका पूर्व राजा शाहले भारतमा हिन्दुत्वको बिषयमा छलफल गर्ने बताए ।

    पूर्वराजा शाहले राष्ट्रमा मान्यताहरु आउनुपर्छ । तर, ब्यवहारिक रुपमा सबैलाई समेट्नुपर्ने धारणा राखे । उनले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नुपर्ने तर सिद्धान्त छोड्न नहुने बताए ।

    ’हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ । रुखका पातहरु झरे पनि, फेरिए पनि जरा कहिल्यै फेरिन्न जरा भनेको जरा नै हो पूर्व राजा शाहले उदाहरण समेत दिए भ्याए ।

    पूर्वराजा शाह संकटमा रहेको भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा सहभागी हुन भारतको उडिसातर्फ लागेका हुन् । यसअघि नेपागन्जमा करिब एक महिना बसेर शाहले हिन्दु राज्य र राजतन्त्रको पक्षमा वकालत गरेका थिए ।

    पूर्वराजा शाह विमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा बोकेर राजावादी र हिन्दुवादीहरु बिदाईका लागि पुगेका थिए । पूर्वराजा शाह दुईसातापछि स्वदेश फर्किने छन् ।

  • २२ माघ २०७४, सोमबार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित