मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुर क्लीन तुलसीपुर’ सरसफाई अभीयान तिब्रता
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    माघ २३, तुल्सीपुरमा
    तुल्सीपुरमा जारी ग्रीन तुलसीपुर क्लीन तुलसीपुर’ सरसफाई अभीयान अन्तरगत आज मंगलबार ७७ औ हप्ताको सरसफाई सम्पन्न गरीएको छ ।
    तुल्सीपुर उपमहा नगरपालीका र तुल्सीपुर उद्योग बाणीज्य संघको संयूत्त पहलमा सुरुभएको अभीयानमा मंगलबार राष्ट्रिय सभाकी सदस्य तथा चर्चीत गायीका कोमल वली,नेपाल नगरपालीका संघका अध्यक्ष , उपमहा नगरपालीका मेएर घनस्याम पाण्डे, स्थानीय संघसस्था, उध्योगी ब्यबसाही,सर्बसाधारण लगाएतको उपस्थीती रहेको थीयो । मंगलबारको अभीयानको नेतृत्व ग्रेड अरनिको माविले गरेको थीयो । बिरेन्द्र चोक बाट सुरुभएको अभीयानलाई सम्वोधन गर्दै राष्ट्रिय सभाकी सदस्य कोमल वलीले सरसफाई हरेक व्यक्ति र समाजको अभिन्न अंग बनाउनुपर्ने बताउनुभयो । जति ठूलो घर बनाएको भएपनि सरसफाईमा ध्यान नदिनेहरुको घरमा लक्ष्मीको बास नहुने उहाको भनाई छ ।
    त्यस्तै ग्रेड अरनिको माविका प्रिन्सिपल मानबहादुर बस्नेतले सरसफाईमा राम्रो गर्ने टोल र संस्थाहरुलाई सम्मान र नराम्रो गर्नेहरुलार्य दण्डित गर्नुपर्ने बताउनुभयो । त्यसैगरी तुल्सीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिरु रावतले अभीयानलाइ सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यबाद दिनुभएको थीयो । तुलसीपुर उपमाहा नगरपालीकाका मेयर घनश्याम पाण्डेको अगुवाईमा भएको समापन कार्यक्रमको सहजीकरण वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेले गर्नुभएको थीयो । विरेन्द्र चोकवाट सुरु भएको अभीयान वाहिनी चोकमा पुगेर समापन भएको थियो ।

     

  • २३ माघ २०७४, मंगलवार १६:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित