मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल नगरपालिका संघको प्रदेश नम्वर ५को वुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी संयोजक र नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा सहसंयोजक गरि १३ सदस्यिय प्रदेश स्तरिय समिति गठन
  • मार्गरेखा संवाददाता

  • दाङ्ग घोराई माघ २३ । नेपाल नगरपालिका संघको आयोजनामा प्रदेश नम्वर ५ का प्रमुख र उपप्रमुखहरु सम्मिलित प्रादेशिक भेला सम्पन्न मगबार दाङ्गको घोराईमा सम्पन्न भएको छ । भेलाले संघको साधारण सभा तयारीको लागि वुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीज्यूको संयोजक र नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा सहसंयोजक गरि १३ सदस्यिय प्रदेश स्तरिय समिति गठन छ । सदस्यहरु नरुलाल चौधरी प्रमुख , घोराही उपमहानगरपालिका लक्ष्मी पाठक उपप्रमुख तानसेन नगरपालिका शिवकुमारी चौधरी उपप्रमुख शिवराज नगरपालिका सोमलाल सापकोटा प्रमुख मुसिकोट नगरपालिका सुर्य अधिकारी प्रमुख सितगंगा नगरपालिका अब्दुल कलाम प्रमुख महाराजगञ्ज नगरपालिका सन्जु चौधरी उपप्रमुख कोहलपुर नगरपालिका अर्जुनकुमार कक्षपति प्रमुख प्युठान नगरपालिका कृष्णा कुश्मा थारु उपप्रमुख ठाकुरद्धारा नगरपालिका मनम ोहन चौधरी , प्रमुख लुम्बिनी साँस्कृतिक नगरपालिका
    साथै हाल नगरपालिकाले भोग्नु परेका समस्या बारेमा सामुहिक छलफल गरेर ११ वुँदे घोषणपत्र जारी गरियो ।
    १) नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र संघीयताको मर्म अनुसार स्थानीय सरकारबाट सञ्चालन गरिने मानविय र भौतिक विकासका क्षेत्रमा आवश्यक वजेट र जनशक्ति व्यवस्था गर्न नेपाल सरकार र सम्वन्धित पक्षलाई शिघ्र व्यवस्था गर्न माग गर्दछौ ।
    २) नेपाल सरकारले तत्काल जनशक्ति व्यवस्थापन गर्न नसकेको हुँदा स्थानीय सरकारहरुले आवश्यकता अनुसार जनशक्ति सेवा करारमा लिई , जनतालाई सेवा र विकासका कार्यलाई अगाडि वढाउन पाउनु पर्ने माग गर्दछौ ।
    ३) नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल हचुवाको भरमा स्थानीय सरकारलाई तोक्ने गरेकोमा गम्भिर ध्यानाकर्षण भएको छ । विद्युत सेवा सञ्चालन समेत स्थानीय सरकार मातहतमा ल्याउन पहल गर्ने र विद्युत महसुललाई स्थानीय सरकारले विद्युत विस्तारमा गरेको खर्च र विद्युत प्राधिकरणको स्थानीय व्यावसायिक करमा मिलान गर्न माग गर्दछौ ।
    ४) स्थानीय विकास निर्माणमा ढुँगा, गिट्टी, वालुवा, काठ जस्ता स्थानीय प्राकृतिक स्रोतको उपयोगमा समेत विभिन्न वहानामा प्रयोगमा अवरोध पुर्याएको हुँदा यस्ता प्राकृतिक स्रोतहरु स्थानीय विकासमा स्थानीय सरकारको निर्णय अनुसार गर्ने र सोमा सघाउन संघ तथा प्रदेश सरकारसंग माग गर्दछौ ।
    ५) स्थानीय सरकारका जनप्रतिनिधिहरुको सेवा सुविधा प्रदेश सभाको यसै आर्थिक वर्षको बैठकबाट ऐन वनाई निर्धारण गर्न माग गर्दै सो अनुसार नभएमा स्थानीय सरकार आफैले ऐन नियम वनाई आधारभूत रुपमा खर्च व्यवस्थापनका निम्ति स्थानीय सरकारले काम गर्ने घोषणा गर्दछौ ।
    ६) नेपाल सरकारले तोकेको जनप्रतिनिधिको मर्यादाक्रम अव्यवहारिक र अवैज्ञानिक भएकोले जनप्रतिनिधिको सम्मानमुलक मर्यादाक्रम तोक्न नेपाल सरकारलाई माग गर्दछ ।
    ७) वन, कृषि, पशु, जनस्वास्थ्य, शिक्षा जस्ता सेवा प्रदायक कार्यालयहरु तत्काल स्थानीय सरकार मातहत हस्तान्तरण गर्न यो भेला माग गर्दछ ।
    ८) विकास समिति ऐन अनुसार गठन गरिएका राजनीतिक नियुक्तिका आधारमा गठन गरिएका संघीयता र विकेन्द्रीकरणलाई असर पुर्याउने सबै विकास समिति तथा अन्य निकायहरु तत्काल खारेज गर्न र त्यस्ता समितिले गर्ने कार्यहरु स्थानीय सरकार मार्फत सञ्चालनका लागि व्यवस्था मिलाउन माग गर्दछ ।
    ९) नगर विकास समितिहरु पनि स्थानीय सरकार मातहतमै सञ्चालन गर्न र सोको सम्पूर्ण चल अचल सम्पत्ति हस्तान्तरण गर्न नेपाल सरकारलाई यो भेला जोडदार माग गर्दछ ।
    १०) यो भेला नगरहरुलाई दीगोरुपमा विकास गर्न र जनतालाई सेवा प्रवाह गर्नका निम्ति स्थानीय सरकारका विचमा आवश्यक समन्वय गर्दै विकास निर्माण र जनसेवी कार्यलाई प्रभावकारी वनाउन साथै सुशासन कायम गर्दे आ आफ्नो तह र तप्काबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
    ११) तिन तहको निर्वाचन सम्पन्न गराउन सफल नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल र सम्बन्धित सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गर्दै निवार्चित हुनु भएका आदिरणीय नवनिवार्चित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई साथ प्रदेश नं. ५ को प्रदेश स्तरिय नगरपालिका संघ भेला आयोजना गरि सफल गराउन सहयोग गर्नु हुने सम्पूर्णमा यो भेला धन्यवाद ज्ञापन गर्दछ ।

     

  • २३ माघ २०७४, मंगलवार १९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित