नेपालगन्ज माघ २४ । नेपालगन्जउपमहानगरपालिका वडा नं. १७ मा बुधबार श्रमिकबालबालिका र परिवारसँग भेटघाट तथा अनुगमनगरिएको छ ।
नेपालगन्जउपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथाबास नेपालगन्जको सहजिकरणमा सञ्चालीतबालसंरक्षण तथाबालश्रम न्यूनीकरण कार्यक्रमअन्तरगत सो अनुगमनगरिएको हो । वडाका विभिन्न ६ परिवारसँग गरिएको भेटघाट तथाअनुगमनको क्रममा बालबालिकाले काममाजानुको कारण, परिवारको आर्थिक अवस्था, श्रमिकबालबालिकालाई कसरी बिद्यालय पठाउने, श्रमिक परिवारको अवस्थामा सुधार गर्न के गर्न सकिएलालगायतकाबिषयमाश्रमिक परिवारका अभिभावकहरुसँग छलफल गरिएको थियो । छलफलको क्रममाकतिपय परिवारको आर्थिक अवस्थानिकै न्यूनभएकाले बालबालिकाश्रम गर्न बाध्यभएको पाईएको छ भने बालबालिकालाई बिद्यालयभन्दाकाममालगाउनु पर्छ भन्ने पारिवारिक सोचका कारण बालबालिकाहरुले पढाई छाड्ने गरेको पाईएकोछ । अनुगमनका क्रममा बालबालिकालाई श्रममालगाउदाका बेफाईदा, परिवारको आयस्तर सुधार, बालबालिकालाई बिद्यालय पठाउनका फाईदा तथा कानुनी प्रावधानका बिषयमा अनुगमन टोलीका सदस्य नेपालगन्जउपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष अजय पाठक, नेपालगन्जउपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, वडा सदस्यहरु फिरोज बेहना, मसीदधोबी, वडा सचिब सोनीगोईत, बासकाउपनिर्देशक हेमराज भट्ट, लेखाअधिकृत प्रतिक्षागिरी र सामाजिक परिचालकशर्मिलाथापाले जानकारी गराएकाथिए । भेटघाट पश्चातश्रमिकबालबालिकातथा परिवारले आफ्नै घरमा वडाका पदाधिकारीहरु आएकोमाखुसीब्यक्तगर्दै बालबालिकाहरुलाई बिद्यालय पठाउने प्रतिबद्धता गरेका छन् । श्रमिकबालबालिकाहरुलाई बिद्यालय पठाउन र परिवारको आर्थिक अवस्थामा सुधार गर्नका लागिआवश्यक परामर्श तथापहलगर्ने कार्यक्रमहरु गरिनेछ । बासले कार्यक्रमलक्ष्मीत वडामा श्रमिकबालबालिका र परिवारहरुलाई परामर्श दिने तथाउनीहरुका समस्याबारे जानकारी लिन नेपालगन्जउपमहानगरपालिका, युनिसेफ, वडा कार्यालय तथा संस्थाले संयुक्त रुपमा स्थलगत अनुगमनगरिरहेको छ ।