मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ज्यान मारेको अभियोगमा बर्दिया प्रहरीद्धारा तीन पक्राउ
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा अचार्य
    बर्दिया,माघ,२४। जिल्ला प्रहरी कार्यालय बर्दियाले ज्यानमारेको अभियोगमा तीन जनालाई पक्राउ गरी वुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका २ पेरहनी घर भएका १७ वर्षिय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गएको माघ १५ गते वेलुका गाँउकै एक विवाहमा भोज खान गएका आचार्य २ दिनपछि सोहि ठाँउका लालबहादुर थारुको मसुरो तथा तोरि बारीमा रगाताम्य अवस्थामा मृत फेला परेको थिए । घटना संकाशपद भएपछि प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक जनक भट्टराईले पत्रकार सम्मेलनमा जानकारी गराए । अभियोगमा पक्राउपर्नैमा ठाकुरबाबा नगरपालिका —२ घरभएका २२ बर्षिय नक्कु भन्ने रमेश राजवंशी (चौधरी), सोहि ठाँउ वस्ने १७ बर्षिय माडे भन्ने हरिनारायण दहित(चौधरी) र कैलाली जानकी गाँउपालिका —६ जगतपुरका २० बर्षिय बिकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मृतक आचार्यलाई हात,मुक्का र सुकेको काठको चिरपटले कुटपिट गरेको प्रहरी समक्ष प्रारम्भीम वयान दिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले वताएको छ । हरीनारायण दहित चौधरीलाई गाउँबाटै, विकाश चौधरीलाई कैलालीबाट र रमेश राजबंशीलाई काठमाण्डौँबाट प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका तिनै जनालाई प्रहरी हिरासतमा राखी कर्तव्य ज्यान मुद्धा दायर गरी थप अनुसन्धान गर्नै प्रहरी उपरिक्षक भट्टराईले बताएका छन् ।

  • २४ माघ २०७४, बुधबार १७:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित