माओवादी द्वन्द्वका क्रममा दुबै आँखा गुमाएका कांग्रेस उम्मेदवार गोपालप्रसाद शर्मा राष्ट्रिय सभाका लागि प्रदेश–६ बाट राष्ट्रिय सभा सदस्यमा पराजित भएका छन्।
उनलाई माओवादी केन्द्रका उम्मेदवार जीवन बुढाले भारी मतान्तरका साथ पराजित गरेका हुन्। बुढा पूर्व जनमुक्ति सेना हुन्।
द्वन्द्वका क्रममा माओवादी कार्यकर्ताहरुले ११ साउन २०५५ मा शर्मामाथि आक्रमण गरी आँखामा तेजाव हालिदिँदा शर्माको दुबै आँखाको ज्योति गुमको थियो।
नेपाली कांग्रेसले अल्पसंख्यक तथा अपाङ्ग कोटाबाट शर्मालाई प्रदेश–६ को उम्मेदवार बनाएको थियो।
प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुढा भएकाले शर्माले एमाले सम्बद्ध मतदाताबाट सहयोगको अपेक्षा गरेका थिए।
तर, बुढाले एमाले–माओवादी केन्द्रका १ सय ५० मत पाउँदा कांग्रेसका शर्माले सिर्फ ४१ मतमात्र बटुल्न सके।