मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निन्द्रामा घुर्ने व्यक्तिलाई हुनसक्छ यस्तो समस्या
  • मार्गरेखा संवाददाता

  • आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी ।

    आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी ।

     

    तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाहा पाइन्छ । न त्यसले आफुलाई बाधा गर्छ ।

    गंभिर हुनुपर्ने बिषय के भने, घुर्ने बानी आफैमा समस्या हो । र, त्यसले अन्य रोगहरुको संकेत गरिरहेको हुन्छ ।

    अब्सट्रक्टिभ स्लीप एप्निया पनि यस्तै समस्या हो । यसमा निद्रा लिइरहँदा व्यक्तिको नाकमा हावाको वहाव कम हुन्छ । यही कारणले सुतेको बेला नाकबाट आवाज आउँछ ।

    के हो अब्स्ट्रक्टिभ स्लीप एप्निया ?

    अब्स्ट्रक्टिभ स्लीप एप्निया यस्तो रोग हो जसको सम्वन्ध निद्रा र सास दुवैसँग हुन्छ । यस रोगमा जब हामी सुत्छौं, नाक र मुखको माथिल्लो हिस्सामा हावा भरिन्छ । यसले गर्दा नाकको केही हिस्सा वा पुरै नाक जाम हुन सक्छ ।

    त्यसपछि मुखबाट सास फेर्न थालिन्छ । यता, हावाको दवावले गर्दा नाकबाट आवाज आउन थाल्छ । धेरै व्यक्तिहरु निद्रामा घुर्दा उनीहरुको पूरा वा आधा मुख खुल्ला हुनुको कारण यही हो ।

    यस रोगका कारण फोक्सोबाट हावा बाहिर निकाल्न बढि मिहिनेत गर्नुपर्छ । यो एउटा खतरनाक बिमारी हो किनकी यसले गर्दा कहिलेकाहीँ सास रोकिन र व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

    रोगका लक्षण

    -निदाएको बेला चर्को घुराई

    -निद्रामा बेचैनी महसुस

    -निदाएको बेला उकुसमुकुस हुनु वा सास फेर्न अवरोध पुग्नु

    -निदाएको बेला पसीना आउनु र छाति दुख्नु

    -दिनमा धेरै सुत्नु र दिनभरी सुस्ती महसुस गर्नु

    -बिहान उठेपछि टाउको दुख्नु

    -निदाएको बेला बारम्बार पिशाब फेर्न उठ्नु

    -स्मरणशक्ति कमजोर हुनु र कुनै पनि कुरामा मन नलाग्नु

    अब्सट्रक्टिभ स्लीप एप्नियाका कारण

    यो रोगका कयौं कारण हुन सक्छन् । बढि वजन भएको कारण वा मोटोपनाले गर्दा घाँटीको आकार बढ्छ भने नाक, मुख, र घाँटीको भित्री भागको आकार घट्छ । त्यसैले यो समस्या उत्पन्न हुन सक्छ ।

    कहिलेकाहीँ टन्सिल बढेर पनि यो रोग लाग्न सक्छ । घाँटीमा सासको नली नजिकै यदि आवश्यकताभन्दा बढि कोशिका निस्केका छन् भने पनि यो समस्या हुन्छ । सामान्य भन्दा बढि लामो जिभ्रो हुनुले पनि यो समस्या निम्त्याउन सक्छ । यसका अलावा यस रोगका अन्य कारणमा अल्कोहलको सेवन, लगातार निद्राको औषधि लिनु र धुम्रपान पनि हुन् ।

    यस रोगको उपचार सम्भव छ । यदि सामान्य कारणले भएको हो भने केही औषधि र खानामा परहेज गरेर निको हुन सकिन्छ । यदि असामान्य कारण छ, भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ ।अनलाइनखबरबाट

  • २७ माघ २०७४, शनिबार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित