मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिकामा भित्र ३ अर्व रुपैयाको सडक निमार्ण हुने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज ।  एशियाली विकास बैंकको सहयोगमा यहाँ कालोपत्रे सडक र सतही नाला निर्माण हुने भएको छ ।  क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३५ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ । यसका लागि बैंकले करिब रु एक अर्ब ५० करोड ऋण अनुदान उपलब्ध गराएको छ ।

    आयोजना प्रमुख सुनिलकुमार ठाकुरका अनुसार आयोजना सम्झौता भएको मितिले २० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । आयोजनाअन्तर्गत अहिले नेपालगञ्जको बेलासपुरदेखि खजुरा सडकखण्ड जोड्ने सडकको दुवै छेउमा सतही नाला निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जका भित्री सडक पनि निर्माण र मर्मत गरिने तथा पिछडिएका तथा विपन्न समुदायका लागि आयआर्जन कार्यक्रम सञ्चालन हुनेछ ।

    सोही बैंकको ऋण अनुदान सहयोगमा उपमहानगरपालिकाले पनि सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ । उपमहानगरपालिकाले सञ्चालन गर्ने शहरी विकास आयोजनाअन्तर्गत करिब ३६ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गरिने आयोजनाका टोलीनेता डा जनार्दन आचार्यले जानकारी दिनुभयो । सो आयोजना सञ्चालनका लागि बैंकले करिब रु एक अर्ब ५० करोड ऋण अनुदान सहयोग उपलब्ध गराएको छ ।अनलाइनखबरबाट

  • २८ माघ २०७४, आईतवार ०७:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित