नेपाल बित्तिय संस्था कर्मचारी संघ बाँकेको अध्यक्षमा बासुदेव रेग्मी निवार्चित हुनुभएको छ । काँग्रेस बाँकेका सभापति किरण कोईरालको प्रमुख आथित्यतामा आज नेपालगञ्जमा सम्पन्न संघको आठौं अबिधेशनबाट रेग्मीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो । संघको उपाध्यक्षमा कृषि विकास वैकका सुवास भट्ट, सचिवमा नेपाल राष्ट्र बैकका लेख बहादुर पाण्डे र कोषाध्यक्षमा नेपाल ग्रामिण विकास बैँकका नमिता शाह चयन हुनुभएको छ । समितिको खुल्ला सदस्यमा कृषि विकास बैंकका पुरुषोतमराज पन्त,नेपाल बैँक लिमिटेडका रवि भण्डारी,महिला सदस्यमा नेपाल ग्रामिण विकास बैँकका मिना शर्मा र नेपाल बैँक लिमिटेडका सुजा श्रेष्ठ रहेका छन् । मघेशी सदस्यमा राट्रिय वाणिज्य बैँकका बैँकका प्रिन्सी गुप्ता,जनजाती सदस्यमा कृषि विकास बँैकका, नजिर मोहम्मद वागवान र र दलित पिछिडिएको क्षेत्रबाट राट्रबैँकका राहुल कनौजिया रहेका छन् । कार्यक्रमा ट्रेड युनियन कँग्रेसका पाँच नम्वर प्रदेशका अध्यक्ष मुकुन्द अधिकारी, नेपाल बित्तिय संस्था कर्मचारी संघका कन्द्रिय सदस्य राजेन्द्र केसी, नेपाल बित्तिय संस्था कर्मचारी संघ पाँच नम्वर प्रदेशका अध्यक्ष यदुनन्दन भण्डारी, टे«ड युनियन बाँकेका अध्यक्ष विरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो । आगामी फागुनमा हुन गईरहेको ट्रेड युनियनको अबिधेशनलाई लक्षितगरि संघ बाँकेको अबिधेशन गरिएको नव निवार्चित अध्यक्ष बासुदेव रेग्मीले जानकारी दिनुभयो ।