मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कथानक चलचित्र अर्नीको लिड रोलमा बर्दियाका सुरज अनुबन्धित
  • मार्गरेखा संवाददाता

  • पोषण नाथ योगी / दाङ माघ २८/ नेपालमा मोफसलमा बन्न लागेको पहिलो नृत्य बिद्याको चलचित्र अर्नीमा बर्दियाका सुरज निशाद अनुबन्धित भएको निर्देशक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । यहि आँउदो फाल्गून १० गते बाट पस्चिम नेपालका दाङ बाँके, बर्दिया,कैलाली, रुकुम, रोल्पा र सल्यानका जिल्लाहरुमा सुटिङ्ग हुने चलचित्रमा मुख्य पुरुष पात्रमा बर्दियाका सुरज निशाद लाई अनुबन्धित गरेको डि टेन इन्टरटेन्मेन्टले जनाएको छ । चलचित्रको शुभ मूहूर्त यहि फाल्गून ७ गते पिएमपि डान्स आइकन दाङ सिजन २ को ग्राण्ड फिनालेका दिन हुने सह निर्देशक दिपक वलिले जानकारी दिनुभयो । निशाद पिएमपि डान्स आइकन दाङ सिजन २ का फाइनलिस्ट समेत हुन् । सहरी जीवन र ग्रामिण जीवन मा आधारीत फिल्मले प्रेमको कथाबस्तु बोकेको निर्देशक देवकोटाले जानकारी दिनुभयो ।

  • २८ माघ २०७४, आईतवार १८:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित