मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महिला अधिकारबादी संस्थाहरुले किन कोहलपुर महोत्वसका आयोजक हरुलाई प्रेस बिज्ञप्तीबाट सचेत गराए
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलप्रमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा आयोजक कोहलपुर उद्योग व्यापार संघले छाडा कलाकार सरस्वती लामालाइ बोलाएर उच्श्रृखल र सामाजीक मर्यादा विपरित प्रस्तुत भएको भन्दै कोहलपुरका एक दर्जन महिला अगुवाहरुले ध्यान आकर्षण भएको जनाएका छन् । उनिहरुले आयोजकलाई सचेत भएर मेला सञ्चालन गर्न आग्रह गरेका छन् ।

    महोत्सवको दोस्रो दिन छाडा तथा उच्श्रृखल भलगर कलाकार लामाको प्रस्तुतीले मेला स्थल तनाव ग्रस्त बन्न पुगे पछि प्रहरीले कुशलताप्रर्वक भिड नियन्त्रण गरेको थियो ।

    कोहलपुरमा रहेका एक दर्जन महिला नेतृ तथा अधिकारकर्मीहरुले विज्ञप्ति निकाल्दै लामाको प्रस्तुतीले ध्यान आकर्षण भएको बताएका छन ।
    विज्ञप्तिमा भनिएको छ–सामाजकि बिकृति विसङ्गगतिका बिरुद्ध लागि रहेका हामि महिलाहरुको तर्फबाट यस्ता क्रियाकलापहरु प्रति सचेत रहि मेला सञ्चालन गर्न र कलाकारहरुले पनि मेलामा सालिनता पूर्वक प्रस्तुती राखि दिनुहुन अनुरोध गर्दछौ ।

    यसरी बिज्ञप्ति जारी गर्नेहरुमा एमाले नेतृ तथा प्रदेश सभा सदस्य आरती पौडेल, कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्यहरु कल्पना अधिकारी र लिला पाण्डे, महिला उपकार मञ्चकी अध्यक्ष बिजुला अधिकारी, अखिल नेपाल महिला संघ प्रदेश ५ सदस्य भारती खनाल, अखिल नेपाल महिला संघ बांके अध्यक्ष बिम्मिरानि पन्थी , नेपाल क्रान्तिकारी महिला संघ बाँके अध्यक्ष गोमा शाहि, रहेका छन् ।

    यसैगरी महिला सञ्जाल कोहलपुरका अध्यक्ष मिना सिग्देल , अखिल नेपाल महिला संघ प्रदेश ५ की उपाध्यक्ष रेणुका खडका, फातिमा फाउणडेसन नेपालका सदस्य गंगा वली , साझा सहकारी संस्थाका मनु सत्याल र महिला उपकार मञ्च का उपाध्यक्ष चन्द्रकला न्यौपाने रहेका छन् ।

    स्थानिय प्रहरी प्रशासनको अनुरोधलाई लत्याउंदै आयोजक कोहलपुर उद्योग ब्यापार संघले जबरजस्त ढंगले भलगर कलाकार लामालाई मञ्च दिएपछि मेला स्थल तनाबग्रस्त बन्न पुगेको थियो ।

    लामाले सामाजिक मर्यादा बाहिर गएर प्रस्तुती दिन थालेपछि युबाहरु उत्तेजित भएका थिए । सोहि क्रममा उत्तेजित भिडलाई नियण्न्त्रण प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो ।

  • २९ माघ २०७४, सोमबार १२:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित