नेपालगन्ज।
राष्ट्रिय खेलकुद परिषदले रिक्त रहेको बाँके जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष पदको पुर्ति गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले उपाध्यक्षमा गोविन्द पौडेललाई नियुक्त गरेका हुन् ।
जिल्ला उपाध्यक्ष पदम बुढाथोकी स्थानीय तहको चुनावमा वडाअध्यक्षको लडेपछि राजिनामा दिएका थिए ।
राष्ट्रिय खेलकुद परिषदको खेलकुद विकास नियम २०४९ को चौथो संशोधन को परिच्छेद ५ को नियम १९ बमोजिम चार वर्षे कार्यकालका लागी पौडेललाई नियुक्त गरिएको हो ।
पौडेल नेपाल भलिबल संघ बाँकेको उपाध्यक्ष पनि हुन् ।