मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ग्रुपको आरोप देउवा नेतृत्वका कारण कांग्रेसमा सामन्तवाद हावी भयो
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसमा सामन्तवाद हावी भएको आरोप लगाएका छन् ।

    काँग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सदस्यहरुको नामावली तय गर्दै गर्दा आफ्नो पक्षको भेलामा बोल्दै सिटौलाले नेतृत्वका कारण काँग्रेस सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् ।

    राजधानीको भाटभटेनीमा भएको कार्यक्रममा उनले शेरबहादुर देउवा नेतृत्व पूर्णत असफल भएको बताए ।

    चुनावी समीक्षा संगसंगै अबको रणनीति बुन्नसमेत बसेको छलफलमा नेता सिटौलाले कार्यकर्ता तहलाई उत्साही बनाउन नेतृत्वले कुनै पनि जिम्मेवारी भूमिका खेल्न नसकेको बताए ।

    सिटौलाले नेतृत्व विधि र विधानलाई पालना गर्नुभन्दा पनि उल्लंघन गर्नमा रमाएको दाबी गरे ।

    चुनावी रणनीतिमा नेतृत्व असफल भएको भन्दै नेता सिटौलाले नेतृत्व तहमा देखिएको वेथितीको पराकाष्टाले सिंगो काँग्रेसलाई असर परेको बताए ।

    नेता सिटौलाले कांग्रेसलाई र देर्श हाक्न सक्ने बनाउन र गति दिन सक्ने बनाउन आवश्यक रहेको भन्दै रणनीतिमा फेल भएको नेतृत्वले पार्टी हाँक्न सक्ने हैसियत गुमाएको स्पष्ट पारे ।

    त्यसैगरी नेता गगनकुमार थापाले पार्टी ठूलो परिवर्तनको फड्को मारेर अघि बढेर आएको भन्दै अब अर्को फड्को कांग्रेसकै नेतृत्वमा आवश्यक रहेको बताए ।

    संविधानको नेतृत्वकर्ता कांग्रेसनै भएको भन्दै थापाले अबको नेतृत्व वर्तमान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सम्भव नभएको स्पष्ट पारे ।

    काँग्रेसलाई सुदृढ बनाउन अब नीति र रणनीतिसँगै नेता कार्यकर्ता तहमा सोच र व्यवहारमा पनि परिवर्तन हुन जरूरी रहेको समेत बैठकको निष्कर्ष छ ।

    बैठकमा सिटौला र थापासंगै , रक्षा मन्त्री भीमसेन दास प्रधान, उमाकान्त चौधरी, धना खतिवडा, प्रदीप पौडेलसहितका नेता तथा कार्यकर्ता सहभागी रहेका थिए । हाम्रा कुराबाट

  • २९ माघ २०७४, सोमबार १४:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित