मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गाउँपालिकाको विकासमा निकुञ्ज बाधक तटबन्धको काम गर्न उपभोक्ता समितिले ढुंगा पाएनन्
  • मार्गरेखा संवाददाता

  • बाँके(अगैया), माघ
    तटबन्ध निर्माणका लागी आवश्यक पर्ने ढुंगा नपाउँदा राप्तीसोनारी गाउँपालिकाभित्र लागु भएका कतिपय योजनाको काम अगाडी बढाउन समस्या देखिएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाहिर रहेका गाउँमा तटबन्ध निर्माणका लागी आवश्यक पर्ने ढुंगा नपाउँदा काम अगाडी बढाउन कठिनाई भईरहेको उपभोक्ता समितिले बताएका छन् । तटबन्ध निर्माणका लागी चाहिने ढुंगा मध्यवर्ती क्षेत्रभित्रका खोलामा भएपनि निकुञ्ज बाधक बनेको र यसले गर्दा मध्यवर्ती क्षेत्र बाहिरका विकास निर्माणका योजनाहरु प्रभावित हुन पुगेको समितिका पदाधिकारीको गुनासो छ ।
    राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गेरुवा नालामा तटबन्ध निर्माणका लागी आवश्यक पर्ने ढुंगा नपाउँदा एक महिनादेखी काम रोकिएको उपभोक्ता समितिका सचिव चेतबहादुर ओलीले बताउनुभयो । कुल ९ लाख रुपैयाँको लागतमा तटबन्ध निर्माणका लागी माघ २ गते सम्झौता भएपनि अहिले सम्म ढुंगा नपाएकै कारण काम सुरु गर्न नसकेको सचिव ओलीले दुखेसो पोख्नुभयो । ‘तटबन्धमा चाहिने जाली आईसकेको छ, तर आवश्यक पर्ने ढुंगा पाएका छैनौं, उहाँले भन्नुभयो ‘मध्यवर्ती क्षेत्रभन्दा बाहिरका गाउँलाई ढुंगा संकलन गर्न नदिने निकुञ्जको अव्यवहारिक नीतिका कारण हामी बञ्चित भएका छौं ।

  • १ फाल्गुन २०७४, मंगलवार १२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित