शरद रेग्मी
फागुन १ दाङ
पश्चिम दाङमा २ करोड बढिको लगानीमा कृषि फर्म उद्घाटन गरिएको छ । आज मंगलवार महाशिव रात्रिको अवसर पारी तुलसीपुर ८ अश्वारामा रहेको शिवमाया बहुउदेश्यीय कृषि फर्मको उद्घाटन गरिएको छ । विशेष गरी स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स,अचार र विभिन्न परिकारका नमकिनहरु उत्पादन गर्न सुरु गरेको फर्मले आज देखि औपचारिक रुपमा आफ्ना उत्पादनहरुलाई बजारमा ल्याउन सुरु गरेको छ ।
तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफुहरुले फर्ममा संचालन गरेको संचालक भागवत कमलापुरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानिय कृषकहरुको उत्पादनलाई आफ्नो फर्ममा खपत गरेर उपोभोक्ताको घरसम्म लैजान आफुहरुले भूमिका खेल्ने समेत बताउनुभयो । फर्मको मंगलवार साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना ( रिजम)का निर्देशक गोकर्ण राज अर्यालले एक कार्यक्रमका विच रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा योजना अधिकृत बेद बहादुर रोकाया, रा.स. नेपालका जिल्ला संयोजक हरि प्रसाद शर्मा ,तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत,राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल,तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी,गायकिा रितु कडेल,सिर्जना टोल विकास संस्थाका अध्यक्ष जुद्ध बहादुर खत्री लगायतले वोल्नुभएको थियो । फर्मका सहयोगी जगदिश भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रिर्पोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।