मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको राप्तीसोनारी गाउँपालिकामा सम्झौता भएका अधिकांस योजना कार्यान्वयनको प्रक्रियामा
  • मार्गरेखा संवाददाता

  • बाँके(अगैयाँ), फागुन २। राप्तीसोनारी गाउपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागी हालसम्म सम्झौता भएका अधिकांस योजना कार्यान्वयनको प्रक्रियामा आउन थालेका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बुधबार अनुगमनका क्रममा यस्तो पाइएको हो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्ल र अनुगमन समितिका सदस्य देबराज कुमालले बुधबार अनुगमन गर्नु भएको थियो । वडा नम्बर ३ र ४ का १२ वटा योजना अनुगमन गर्दा अधिकांस निर्माणको प्रक्रियामा रहेको पाइएको उपाध्यक्ष खत्रीले बताउनुभयो ।
    उक्त गाउँपालिकाको वडा नम्बर ३ मा स्थानीय पुर्णबहादुर खड्काको घरदेखी भित्रजाने ७० मिटर बराबरको ग्राभेल निर्माण पुरा भईसकेको छ । सरस्वती माध्यामिक बिद्यालयदेखी मिलन चोकसम्मको १३ सय ८० मिटर कालोपत्रे निर्माणका लागी ह्वीम पाईप हाल्ने काम भईरहेको छ । सरस्वती माबिदेखी सिसवा सहकारी सम्मको कालोपत्रे
    २६ सय मिटर कालोपत्रे योजनाका लागी नाला निर्माणको काम चलिरहेको छ ।
    यसैगरी वडा नम्बर ४ मा जनशक्ति माध्यामिक बिद्यालयको माथिल्लो तला थप्ने योजनाको काम जारी छ । बैजापुरस्थित कुम्भर गाउँमा ३ सय मिटरभन्दा लामो माटो पटान र ग्राभेल बिछ्याउने काम सम्पन्न भईसकेको छ । राजपुर चप्पर सोतामा तटबन्ध तथा कल्भर्ट निर्माणका लागी फाउण्डेशन खनेर तयार गरिएको छ । यस्तै भुवरभवानीको मन्दिर परिसरमा प्रतिक्षालय र खानेपानी योजना निर्माण कार्य सम्पन्न भईसकेको छ ।
    वडा नम्बर ४ को प्रसोहना गाउँमा ४ सय मिटर लामो ग्राभेल बिछ्याउने काम सम्पन्न भईसकेको छ । वडा नम्बर ४ को माहु गाउँमा कचवे निर्माणका लागी काम सुरु भईसकेको छ । सोही वडाको बैजापुर स्वास्थ्य चौकी अगाडी ह्वीम पाईप राख्न फाउण्डेशन खनेर तयार गरिएको पाइएको अनुगमन टोलीका सदस्य एवम् प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लले जानकारी दिनुभयो ।

     

  • २ फाल्गुन २०७४, बुधबार १९:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित