मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लक्ष्य अनुरुप बर्दियामा खाएनन् हात्तीपाईलेको औषधी
  • मार्गरेखा संवाददाता


  • दुर्गा आचार्य
    बर्दिया,फाल्गुण,३ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले लक्ष्यअनुरुप हात्तीपाईले रोग निवारणका लागि खुवाईने औषधी खुवाउन नसकेको वताएको छ । आर्थिक बर्ष ०६८÷६९ बाट बर्दियामा हात्तीपाईले रोग बिरुद्धको औषधी बर्दियामा शुरु गरेको भएता पनी लक्ष्य पुरा नभएकैकारण समयाअवधी बढाउनु परेको जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले जानकारी गराएको छ । सन २०२० सम्ममा हात्तीपाईलेका रोगीहरुलाई १ प्रतीशत भन्दा मुनीमा झार्नुपर्नै लक्ष्य रहेकोमा हाल सम्म यसका वीरामीहररु ८ दशमलव ५ प्रतीशत भएकाले थप औषधी खुवाई अभियानलाई निरन्तरता दिनु परेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले वताए । जिल्ला जनस्वास्थ्य कार्यालयले पहल गर्दासमेत यस अभियानमा सफलता हासिल गर्न नसकेको प्रमुख अधिकारीले स्विाकारेका छन् । औषधी प्रतिको गलत धारण भएकै कारण औषधी सेवनमा केहि कमी आएको जनस्वास्थ कार्यालयको भनाई छ ।
    राष्ट्रिय हात्ती पाईले रोग निवारणको लागी औषधी सातौ चरणमा वर्दियामा फाल्गुण १२ गते देखि १४ गते सम्म खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
    २०६८।६९मा देखि बर्दियामा पहिलो पटक ७ सय २५ जना विरामी देखिएका थिए यस वर्ष २०७३।७४मा अहिले १ सय २२ जना विरामी रहेका छन् । बर्दियामा रहेका ८ स्थानीय तह मध्य सवैभन्दा कम हात्ती पाईले रोग बिरुद्धको औषधी सेवन गरेको पाईएको छ । यस नगरपालिकामा जम्मा ७१ प्रतीशतले मात्र औषधी सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्ग रहेको छ ।

  • ३ फाल्गुन २०७४, बिहीबार ०८:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित