मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको डुडुवा गाँउपालिकाका नागरिकहरु लाई घरघरमा निशुल्क स्वास्थ्य सेवाको अभियान शुरु,
  • मार्गरेखा संवाददाता


  • नेपालगन्ज, ३ फागुन । नेपालकै पहिलो पटक बाँकेको डुडुवा गाँउपालिकाका नागरिकहरु स्वास्थ्य संस्थाबाट पाउने सम्पुर्ण सेवा सुबिधा निशुल्क पाउने भएका छन । सेवाग्राहीहरुबाट नामदर्ताको लागि समेत पैसा नलिई सेवा उपलब्ध गराईने छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत गाँउपालिकाले सम्पुर्ण सेवाग्राहीहरुलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने गाँउपालिकाका प्रमुख नरेन्द्र चौधरीले बताउनुभयो ।
    घरघरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीहरका लागि आजदेखि सञ्चालन गरिएको २ दिने अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै प्रमुख चौधरीले गाँउमा सिँहदरवार आएको अनुभुति दिलाउने बताउनुभयो ।
    उहाँले भन्नुभयो—‘हरेक घरमा निशुल्क स्वास्थ्य सेवा तथा एसएलसी उतीर्ण युवा मेरो पहिलो प्राथमिकता रहेको छ’ । प्रभावकारी रुपले सेवा उपलब्ध गराउनु मेरो जिम्मेवारी हो ।
    नागरिकको स्वास्थ्य अवस्था थाहा पाउनका लागि गाँउपालिकाले स्वास्थ्य कार्ड समेत जारी गरिएको छ । ४० हजार कार्ड छापी सकेको प्रमुख चोधरीले बताउनुभयो ।
    स्वास्थ्य सेवामा कुनै कन्जुस्याई तथा लापरवाही हुन नदिन कर्मचारीहरुलाई उत्प्रेरित गर्दै सेवा सुबिधामा कुनै कमी कमजोरी भए कर्मचारीलाई सुबिधा थप गर्न आफु तयार रहेको उहाँले बताउनुभयो ।
    स्वास्थ्य सेवाको प्रभावकारिताका लागि गाँउपालिकाले बहुउपयोगि ल्याब समेत सञ्चालनमा ल्याएको छ । अहिले औपचारिक रुपमा उद्घाटन नभएपनि स्थापनाका लागि चाहिने सम्पुर्ण तयारी पुरा भईसकेको छ । ल्याब सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको समेत व्यवस्था भईसकेको गाउपालिकाका सुचना अधिकारी ऋषिराज गौतमले जानकारी दिनुभयो ।
    डुडुवा गाँउपालिकाको वडा नम्बर २ बेतहनीस्थित स्वास्थ्य चौकीमा सञ्चालन हुने सो ल्याबमा हुने सम्पुर्ण स्वास्थ्य परिक्षण निशुल्क गरिनेछ ।
    ल्याब सञ्चालनमा आईसकेपछि गाँउपालिकाका सेवाग्राही तथा बिरामीहरुको दिशापिसाब, रगत, खकार, सुगर, टाईफाईड, मलेरिया, ज्वरो लगायतका सामान्य खालका परीक्षणका लागि स्थानियस्तरमै परीक्षण हुन सक्ने बताईएको छ । गाँउपालिका कार्यालयले पशुहरुमा देखिने गरेको परजिवि रोग नियन्त्रणका लागि पनि अभियान सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताउनुभयो ।
    उहाँका अनुसार गाँउपालिकाका किसानले पालेका पशु चौपायाहरुमा किरा नियन्त्रणका लागि सो अभियान सञ्चालन गरिएको हो । पशुचौपायालाई विभिन्न परिजिवी किराबाट जोगाई स्वस्थ राख्नका लागि उनीहरुको कार्ड बनाएर स्वास्थ्कर्मीलाई घरदैलोमा पठाएर औषधीसहितको उपचार गरिनेछ ।
    अभिमुखीकरणमा गाँउपालिकाका स्वास्थ्यकर्मी लगायत ५० जनाको सहभागिता रहेको छ । अभिमुखीकरणमा कर्मचारीको काम, कर्तब्य र अधिकार, प्रबर्धानात्मक स्वास्थ्य सेवा, लगायतका विषयमा जानकारी गराईने गाउँपालिकाले जनाएको छ ।
    अभिमुखीकरणमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका बसन्त गैरे, केशव ज्ञवाली, डुडुवा गाउँपालिका स्वास्थ्य ईकाई सँयोजक धन बहादुर बुढा, उपसँयोजक बिरेन्द्र घले लगायतले सहजीकरण गर्नुहुनेछ ।

  • ३ फाल्गुन २०७४, बिहीबार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित