मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पायल्स रोग कसरी निको हुन्छ थाहा पाउनु होस
  • मार्गरेखा संवाददाता

  • मेडिकल भाषामा पायल्सलाई हेमोरोइटर्स भनिन्छ । पायल्सको तीन चरण हुन्छ । पहिलो चरण भनेको दिसामा रगत देखापर्नु, दोस्रोे दिसासँगै अन्य केही वस्तु आएजस्तो भान हुनु र दिसा गर्दा मलद्वारबाट मासु नै बाहिर निस्कनु । यस्तो बाहिर निस्केको भाग दिसा गरेपछि भित्र पस्ने हुन्छ । तेस्रो भनेको दिसा गर्दा बाहिर निस्किएको मासु भित्र पस्दैन । यस्तो अवस्था तुलनात्मक रूपमा बढी जटिल हुन्छ । यसरी गर्न सकिन्छ पायल्सको उपचार :

     

    ०  दिसा साह्रो भएको छ वा नियमित दिसा गर्न समस्या छ भने औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ ।

    ०  पायल्स पहिलो अवस्थामा हुँदा त्यस्तो कुनै मेडिकल उपचार गर्नुपर्दैन । सर्जिकल अवस्थामा पनि जानु पर्दैन ।

    ०  यस्तो अवस्थामा रक्तनलीहरू बाहिर निस्किएको हुन्छ । सामान्य अवस्थामै थोरै उपचार गर्दा पनि त्यस्ता रक्तनलीहरू सामान्य अवस्थामा पुग्छन् । इन्जेक्सनका माध्यमबाट पनि यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

    ०  अवस्था जटिल बन्दै गयो र यति गर्दागर्दै पनि त्यस्ता मासु सामान्य अवस्थामा पुग्न सकेनन् भने अप्रेसनको विकल्प हुँदैन । अप्रेसन गरी बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ । नत्र यस्तो मासुले विभिन्न संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ । अप्रेसनपछि पनि सचेत हुन आवश्यक छ । किनभने दिसा–पिसाब गर्दा संक्रमण हुने डरसमेत हुन्छ ।

    ०  जाडोमा अलि बढी पायल्सको समस्या देखिने गर्छ । तर, गर्मी मौसममा संक्रमण दर बढी हुन्छ । जाडोमा पानी कमी भएका कारणले पनि पायल्सको समस्या निम्तिन सक्छ ।

    ०  दिसामा रगत देखा पर्नासाथ चिकित्सककहाँ जानुपर्छ । यस्तो वेला बढी मात्रामा रगत निस्किए रक्तअल्पतासमेत हुन सक्छ ।नयाँ पत्रिकाबाट

    डा. लोचन कार्की
    जनरल फिजिसियन

  • ४ फाल्गुन २०७४, शुक्रबार ११:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित