मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा एपीएफले पुलिस तथा शिवम् न्युडायमण्डले इफाटसँग प्रतिस्पर्धा गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, फागुन ५ /
    शनिवार भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ए को बिजेताको हैसियतमा सेमिफाईनलमा स्थान बनाएको छ । वुमन अफ दी म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबमाथी २५–१२,२५–१४ र २५–९ को सहज जित निकाल्यो । आयोजक लिग चरणको पहिलो खेलमा पनि बंगलादेशको इफाटसँग पराजित भएको थियो । समूह ए बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले सेमिफाईनलमा स्थान बनाएको छ
    नेपालगन्ज कभर्ड हलमा भएको अन्तिम लिग खेलमा शिवम् न्युडायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउदै समूह बिजेताको रुपमा सेमिफाईनलमा स्थान पक्का गरेको छ । क्विइक स्पाईकर ललिता नाथ वुमन अफ दि म्याच बनेको खेलमा शिवम न्युडायमण्डले देहरादुन स्पोर्टस् क्लबलाई २५–८,२५–९ र २५–४ को सेटमा पाखा लगायो । पहिलो खेलमा पनि नेपाल पुलिससँग ३–० को हार ब्यहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिदा पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान जमाएको छ । आईतवार हुने सेमिफाईनल खेलमा एपीएफ र पुलिस तथा शिवम् न्यु डायमण्ड र पहुना टिम इफाटबीच प्रतिस्पर्धा हुने छ ।

     

  • ५ फाल्गुन २०७४, शनिबार १९:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित