मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कुन हुन अशुभ फल दिने १० सपना
  • मार्गरेखा संवाददाता

  • रामायण र महाभारत लगायतका विभिन्न धर्म ग्रन्थमा सपनाको अर्थबारे चर्चा गरिएको छ । सपनाले भविष्यमा हुने घटनाको संकेत गर्ने विश्वास छ । केही सपनाले भविष्यमा सुखद संकेत गर्छन् भने कतिपय सपनाले अशुभ संकेत पनि गर्छन् । स्वप्न शास्त्रका उल्लेख भए अनुसार यी १० सपना अशुभ घटनाको संकेत गर्छनः

    १. यदि सपनामा जुवा तास खेलेको देख्नु भो भने
    यसले तपाइँको धन हानी हुने संकेत गर्छ ।

    २. कुचोको महत्व शास्त्रमा ठूलो छ ।
    सफाइलाई लक्ष्मीको प्रतीक समेत मानिन्छ ।
    सपनामा तपाइँले कुचो देख्नु भो भने पैसा
    नोक्शानीको संकेत गर्छ ।

    ३. सपनामा उल्लु देखियो भने अशुभ मानिन्छ ।
    उल्लुले जीवनमा संकट आउने संकेत दिन्छ ।

    ४. सपनामा पाकेटमारेको देखियो भने यसले धन
    हानी हुने संकेत दिन्छ । फाटेको खल्ती देख्नु
    पनि नोकशानीको संकेत हो ।

    ५. स्वप्न शास्त्रका अनुसार सपनामा मरुभूमिमा
    हिँडेको देखियो भने शत्रु लाग्ने र दुःख पाउने
    संकेत हो ।

    ६. सपनामा रुख काटेको देखियो भने अपसकुन
    हुन्छ । यसले निकट भविष्यमा कुनै क्षति हुने वा
    अशुभ घटना हुने संकेत दिन्छ ।

    ७. सपनामा बाढी आएको देखियो भने पनि
    जीवनमा क्षति ब्यहोर्नु पर्छ ।

    ८. सपनामा पर्खाल ढलेको देखियो भने
    जीवनमा तनाव बढ्ने संकेत हो । यसले धन वा
    प्रतिष्ठामा क्षति पुग्न सक्छ ।

    ९. सपनामा चोर या डाँकु देखियो भने धन
    हानी हुन सक्छ ।

    १०. सपनामा खाली दोकान देखियो भने
    आर्थिक समस्या आइलाग्छ ।

  • ७ फाल्गुन २०७४, सोमबार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित