मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढी प्रतिकार्य तथा शिघ्रपुर्नलाभ कार्यक्रम बर्दियामा संचालनमा
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया फागुन १०। बाढीबाट प्रभावीत समूदायलाई आराम र सम्मान पूर्वक वाच्नपाउने अधिकारलाई सुनिश्चत गर्नकालागि कारितास बर्दियाले बर्दियाका २ वटा नगरपालिकामा बाढी प्रतिकार्य तथा शिघ्र पुर्नलाभ कार्यक्रम संचालन गरेको जानकारी गराएको छ । बाढीबाट प्रभावित गुलरिया नगरपालिका र बार बर्दिया नगरपालिकका बिभिन्न वडामा कार्यक्रम शुरु गरिएको कारितास बर्दियाले जानकारी गराएको छ । कारितास ईन्टरनेशनलको अर्थिक सहयोगमा संचालित कार्यक्रम ३० अगष्त २०१८ सम्ममा परियोजनाको कार्यक्रम सम्पन्न गरिसक्नुपर्नै गरि काम भईरहेको कारितास बर्दियाका कार्यक्रम संयोजक खम्व सिँह वस्नेतले गुलरियामा भएको सरेकारवाला निकायसंगको सम्न्वय बैठकमा जानकारी गराएका छन् । बाढीप्रभावित गुलरिया नगरपालिका र बार बर्दिया नगरपालिकाका बाढि पडिीतहरुका लागि खानेपानी सरसफाई,स्वास्थ्य,संरक्षण आयआर्जन लगायतका कामहरु गरिने कार्यक्रममा जानकारी गराईएको छ । २०७४ सालमा आएको बाढीबाट गुलरिया नगरपालिकाका पूर्ण क्षती पुगेका १सय घर समेत निर्माण गरिने कार्यक्रममा जानकारी गराईएको छ । कारितास ईन्टरनेशनलले गरेको यस्तो कार्यक्रमले नेपालसरकार लाई थोरै भएपनि सहयोग गर्नै काम गरेको जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकर प्रसाद थारुले वताए । यस्ता कार्यक्रमले बर्दियाका बाढिबाट प्रभाावित क्षेत्रका स्थानीयलाई थोरैभएपनि राहत पुगेको प्रमुख थारुले वताए । १० महिनाका लागि संचालित यस कार्यक्रमको लागत करिव ३७ लाख ३८ हजार ६ सय रहने कारितास बर्दियाले जनाएको छ ।

  • १० फाल्गुन २०७४, बिहीबार २१:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित