दुर्गा आचार्य
बर्दिया,फाल्गुण,११। फरुवाले हिर्काउदा १५ बर्षिय एक वालिकाको मृत्युक भएको छ । बार बर्दिया नगरपालिका वेलवावज्जा —३ वस्ने कुस्मा थारुकी छोरी साबित्री थारुलाई नातामा दाई पर्नै १७ बर्षिय श्यामलाल थारुले शुक्रवार बिहान फरुवाले हिर्काएका हुन् । घरमा सुतीरहेको अवस्थामा हिर्काउदा साबित्री गम्भीर घाईते भएकी हुन् । बाँकेस्थित मेडीकल कलेज कोहलपुरमा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । बताए घटनामा संलग्न भएको आरोपमा श्यामलाल थारुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको खड्काले बताए ।