मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डाक्टरले सुने नवराजका कविता
  • मार्गरेखा संवाददाता

  •  

    ११ फागुन, २०७४/कोहलपुर, बाँकेमा दोस्रो पटक कवि नवराज पराजुली सुनिएका छन् । नेपालगंज मेडिकल कलेज कोहलपुरका अध्ययनरत विद्यार्थीहरुको संयोजनमा बिहीबार कार्यक्रम आयोजना गरिएको छ ।
    अघिल्लो पटक नेपालगंको महेन्द्र बहुमुखि क्याम्पसमा उनले आफ्ना कविताहरु वाचन गरेका थिए । कोहलपुर मेडिकल कलेजको हलमा आयोजना भएको ‘डाक्टरहरुमाझ कविता कन्सर्ट’मा ‘सगरमाथाको गहिराई’बाट कवि नवराज पराजुलीले आफ्नो कविता वाचन सुरु गरेका थिए । उनले मंचमा उभिएर डाक्टरहरु माझ पहिलो पटक ‘रुख’, ‘मैझारो’, ‘ह्याब्बी बड्डे’ कविताहरु सुनाए ।
    कवि नवराज पराजुलीको कविताले रोगीहरुको रोगलाई पनि निको पार्न सक्ने शक्ति भएको मेडिकल कलेजका फिजिसिएन डा.श्याम वि.क.ले बताए । कार्यक्रमका संयोजक डा. देवेन्द्र आचार्यले यस्ता कार्यक्रमहरुले चिकित्सकहरुलाई रिफ्रेस गराएको बताए । उनले, पराजुलीका कविताहरु चिकित्सकहरुसम्म पु¥याउनु नै मुख्य उद्देश्य रहेको पनि बताए ।
    नेपालगंज मेडिकल कलेजका सहायक निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथी डा. दिनेश श्रेष्ठ, नेपालगंज मेडिकल कलेजका सहायक निर्देशक तथा कार्यक्रमका सभापति डा. सुमित पाण्डे लगायतले नवराजका कविताहरु ध्यान दिएर सुने ।
    कवि पराजुलीले आफ्ना कविताहरु वाचन गर्दा अधिकांशका आँखा रसाएका थिए । उनका कविताले जो कोहीलाई पनि पगाल्न सक्ने डा. अस्मिता गौतमले बताइन् । डा. निरज आचार्य, डा. ऋषि भट्ट, डा. दिपेन्द्र के.सी., डा. प्रज्ञा गौतम लगायत, मेडिकल कलेजमा अध्ययनरत २०० भन्दा बढि विद्यार्थीहरु सहभागिता रहेको आयोजकले जनाएको छ ।
    कवि पराजुलीका कविताहरु सुन्न डाक्टरहरुसँगै युवा नेताहरु नरेन्द्र न्यौपाने, सूर्य ढकाल, अवराज खड्का लगायत कवि लेखक महानन्द ढकाल, शंकर अशान्त, रामदेव पाण्डे, कपिल अन्जान लगायतको उपस्थिती रहेको थियो ।

  • ११ फाल्गुन २०७४, शुक्रबार १९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित