मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका अपांगता भएका बालवालिकाहरुका लागि निः शुल्क स्वास्थ्य शिविर
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ११ फागुन ः अपांगता भएका बालवालिकाहरुका लागि नेपालगन्जमा शुक्रवार निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
    बाँके युनेस्को क्लव नेपालगन्जको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम नेपालगन्जमा गरिएको हो ।
    नेपालगन्जको मंगल प्रसाद उच्च माध्यमिक विद्यालयमा गरिएको स्वास्थ्य परिक्षण कार्यक्रममा मेडिकल कलेज कोहलपुरका फिजियोथेरापिष्ट हितेश न्यौपाने, ओर्थोटिष्ट सरिता शर्मा, काउन्सिलर कमला पौडेल र सामाजिक परिचालक, राम कुमार थारुको टिमले बालबालिकाको परिक्षण गरेका थिए ।
    सहयात्रा परियोजना अन्तरगत बाँके युनेस्को क्लवले बाँकेका १९ वटा विद्यालयमा कार्य गर्दै आइरहेको छ । १९ विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुको स्वास्थ्य अवस्था वुझनको लागि स्वास्थ्य परिक्षण आयोजना गरिएको बाँके युनेस्को क्लवका वरिष्ठ उपाध्यक्ष सिराज खानले बताउनुभयो ।
    सहयात्रा परियोजनाले १९ वटा विद्यालयमा कार्य गर्दै आईरहेको हुनाले १९ वटै विद्यालयका अपांगता भएका विद्यार्थीहरुका लागि स्वास्थ्य परिक्षण संचालन गरिएको वरिष्ठ उपाध्यक्ष खानले जनाउनु भयो ।
    स्वास्थ्य परिक्षण कार्यक्रममा ३५ जना बालक र २८ जना बालिका गरि कुल ६३ जना अपांगता भएका बालवालिकाहरुले स्वास्थ्य परिक्षण गरिएको सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष बर्माले बताउनु भयो ।
    शिविरमा स्वास्थ्य परिक्षणका लागि आएका अधिकांश बालबालिका शारिरीक भन्दा पनि मानसिक रुपमा अपांग भएको पाईएको मेडिकल कलेज कोहलपुरका फिजियोथेरापिष्ट हितेश न्यौपानेले बताउनु भयो ।
    बाँके युनेस्को क्लबले अपाङ्गता भएका बालबालिकाहरुको लागि नियमित स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

  • ११ फाल्गुन २०७४, शुक्रबार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित