मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुरमा मेयर कप फागुन २३ गतेबाट हुने
  • मार्गरेखा संवाददाता

  • तुलसीपुर, १२ फागुन ।
    तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलको सुरुवात गर्ने भएको छ । नीति तथा कार्यक्रममा राखेर खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुवात हुने भएको छ । पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विज भलिवल प्रतियोगिताको आयोजना गरिएको संयोजक अमर नेपाली माइकलले वताउनु भएको छ । उहाँका अनुसार ५ नम्वर प्रदेशमै पहिलो पटक विज खेलको आयोजना गरिएको हो । उहाँले पर्यटन प्रवद्र्धन गर्नका लागि यस खालको प्रतियोगिता आयोजना गरिएको पनि वताउनुभयो । “खेल पर्यटनको विकास हुने अपेक्षा सहित हामीले यो खेलको आयोजना गरेका हौ ” उहाँले वताउनुभयो ।
    खेलमा सहभागि हुनका लागि १९ वटै वडाका खेलाडीहरुले भाग लिन सक्ने सदस्य दिपक कुमालले वताउनुभयो । उहाँले हरेक वडाबाट महिला र पुरुष खेलाडीको एउटा टिमले प्रतियोगितामा भाग लिन सक्ने समेत वताउनु भयो । विज खेलका लागि हरेक समुहमा दुई दुई जना खेलाडी रहने गरेका छन् । सदस्य कुमालका अनुसार खेलमा सहभागि हुने खेलाडीलाई अनिवार्य रुपमा वडाले सिफारिस गर्नुपर्ने वताउनु भयो ।
    शुक्रवार वसेको वैठकले संयोजक अमर नेपाली माइकलको अध्यक्षतामा सहभागिताका लागि सवै खेलाडीहरुलाई आव्ह्वान गर्ने समेत निर्णय गरेको छ । वैठकमा सदस्यहरु कुमार लामिछाने, राजु आचार्य, दिपक कुमाल, जानका रेग्मी र सदस्य सचिव झरेन्द्र खरेलको उपस्थिति रहेको थियो । खेलका महिला र पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई अलग अलग रुपमा क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

     

  • ११ फाल्गुन २०७४, शुक्रबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित