दुर्गा आचार्य
बर्दिया,फाल्गुण,१६। बर्दियाको गुलरिया वजारमा न्युन आयोडिन भएका कमसल भारतीय नुन भेटिएका छन् । वुधवार जिल्ला प्रशासन कार्यालय बर्दिया तथा जिल्ला जनस्वास्थ कार्यालय तथा अन्य सरोकारवाला निकायको संयुक्त वजार अनुगमनमा कम आयोडिन भएका भारतीय नुन भेटिएका हुन् । नेपाल सरकारको मान्यता प्राप्त दुई वालवालिका चिन्ह भएको नुन लाई साल्ट ट्रेडिङ्ले मान्यता दिएको भएता पनि फितलो अनुगमनका कारण भारतीय कमसल नुन वजारमा भित्रिने गरेका छन् । बिशेष गरेर भारत संग सीमा जोडिएका वजारमा यस्तो समस्या भएको अनुगमन कर्ताहरुको भनाई रहेको छ । गर्भवती महिलाको लागि आयोडिन युक्त मापदण्ड अनुसारको नुन अनिवार्य मानिन्छ,खुला सीमाना तथा लापरवाहीका कारण बर्दियाका मानीसहरु कमसल खाले आयोडिन कम भएको नुन खान वाध्य भएका छन् । वुधवार गरिएको अनुगमनमा गुलरिया नगरपालिकाको वाडा नम्वर ६ र ८ का बिभिन्न पसलहरुबाट भारतीय मोर,तामस र ढिक्के नुन गरि २ सय २४ क.ेजी. नुन नियन्त्रणमा लिई नष्ट गरिएको छ । नेपाली नुनको तुलनामा भारतीय नुन केहि सस्तो हुने भएका कारण केहि व्यापारी हरु गुणस्तर हिन नुन बिक्री गर्नै गरेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले जफत गरिएका नुनको आयोडीन चेक किटबाट आयोडिन चेक गर्दा पसलमा भेटिएका नुनमा आयोडिनको मात्रा कम भेटएिको हो । उपोभोक्ता हरुमा तेतनाको कमीको साथै व्यापारीको मूनाफा मुखि प्रवृद्धिका कारण उपोभोक्ता ठगिन परेको राष्ट्रिय उपोभोक्ता मञ्च बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाले वताए । जनचेतनामा वृद्धि गर्दै यस्ता अनुगमनलाई नियमित गरेमा समस्याको समाधान हुने अध्यक्ष तिमिल्सिनिाको भनाई छ ।