मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाई सुरक्षित गराउन साइरन जडान
  • मार्गरेखा संवाददाता

  • कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा साइरन जडान गरिएको छ ।

    कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको निर्णय अनुसार सुरुमा शुुक्रबार वीरेन्द्रनगर नगरपालिका-६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो ।

    आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले साइरनको उद्घाटन गरेका हुन् ।

    प्रगतिनगरमा राखिएको साइरन टोलका ६० जनाको मोवाइलमा सेट गरिएको छ । उनीहरुले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक कि्रयाकलाप, प्राकृतिक प्रकोप जस्ता घटना भएमा साइरनको कोड पठाउन सक्नेछन् ।

    उनीहरुले कोड पठाउनेवित्तिकै साइरन बज्नुका साथै ६ जनाको मोवाइलमा म्यासेजमा जाने छ । जसमा ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेस प्रहरीलाई जाने गरी मिलाइएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।

    साइरनको उद्घाटन पछि कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले प्रदेशलाई डिजिटल बनाउने निर्णयअनुसार सवारीसधानमा जीपीएस जडानसँगै वीरेन्द्रनगरमा साइरन जडान गरिएको बताए ।

    उनले प्रदेशका शहर सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहर सुरक्षित गर्न साइरन जडान गरिएको बताए ।

    कार्यक्रममा एआईजी रणबहादुर चन्दले पनि प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको समेत आधार तयार गर्ने बताए ।

  • १८ फाल्गुन २०७४, शुक्रबार १९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित