मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रकाशमान सिंहले कांग्रेस संसदीय दलको उपनेतामा सहमती जनाउलान त
  • मार्गरेखा संवाददाता

  • कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु भएको छ ।  दलको नेताका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत दाबी गरिरहेका बेला उनलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षीय नेताहरू सभापतिलाई नै सहमतिबाटै नेता बनाउनेगरी तयारीमा लागेका हुन् ।

    शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेतामा देउवालाई नै सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेका हुन् ।

     

    उनीहरूले नेता पौडेलसँग पार्टीले संकटको सामना गरिरहेका बखत एकताको जरुरी रहेको र एकताको सन्देश दिनका लागिसमेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उपनेता सिंहलाई बनाउनेगरी मनाउन आग्रह गरेका छन् । छलफलमा सहभागी नेता श्रेष्ठले पार्टीले संकटको सामना गरिरहेकाले आफूले सहमति गरेरै अघि बढ्न नेता पौडेलसँग प्रस्ताव गरेको बताए ।

    ‘मैले सभापतिलाई नै दलको नेता बनाएर एकताको सन्देश दिनुपर्छ त्यसका लागि उपनेता प्रकाशमानजीलाई नै बनाऔं, कार्यसमितिका अरू पदमा समेत सल्लाह गरेर नै निर्णय गरौंला भन्ने प्रस्ताव गरेको हुँ, उहाँ सकरात्मक हुनुन्छ,’ नेता श्रेष्ठले राजधानीसँग भने ।

    यस्तै, नेता लेखकले समेत दलको नेताका लागि सहमतिको विकल्प नभएको भन्दै सहमति गरेरै अघि बढ्ने विषयमा कुराकानी भएको बताए ।‘सहमतिबाटै दलको नेता चुन्ने भन्ने विषयमा छलफल भएको छ, बाँकी विषय सहमतिबाटै मिलाउँला भन्ने हो, अन्य विषयमा फेरि छलफल हुन्छ,’ नेता लेखकले भने ।

    दुवै नेताले वरिष्ठ नेता पौडेलसँगको छलफलमा निर्वाचनमार्फत पराजय भोगेका बेला आन्तरिक रूपमा नै हारजितको कुरा हुँदा राम्रो सन्देश नजाने र एकताका लागि पनि सहमतिको पहल गर्नुपर्नेमा जोड दिएको जानकारी दिएका हुन् ।

    दलको नेताका लागि भोलि (सोमबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन हुने कार्यतालिका छ । त्यसका लागि आज (आइतबार) साँझ उम्मेदवारी दर्ता हुँदै छ । दलको नेताका लागि प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष २३ र समानुपातिक ४० गरी ६३ सांसदले मतदान गर्न पाउनेछन् ।राजधानी दैनिकबाट

  • २० फाल्गुन २०७४, आईतवार ०८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित