सरकारी कार्यालयमा हुने भ्रष्टाचार तथा ढिलासुस्ती बिरुद्ध बिभिन्न जिल्लाका मालपोत कार्यालयहरुमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम सम्पन्न भएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासका बर्दिया, सुर्खेत, सल्यान, उदयपुर, अछाम, दाङ्ग, शाखाले कार्यालयमा हुने सबै प्रकारका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका बिरुद्ध सांकेतिक दवाव दिने उद्धेश्यले भ्रष्टाचार बिरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम गरेका हुन ।
कार्यक्रम अन्तरगत बिहान १० बजे देखि १ घण्टा कार्यालयको मुल गेटमा मालपोतमा घुस लिईदैन, म घुस लिन्न, मालपोत भ्रष्टाचार निषेधित क्षेत्र हो, घुस्याहाहरुलाई प्रबेश निशेध, घुस माग्ने कर्मचारीलाई के का लागि भनेर सोध्ने गरौं लगायत भ्रष्टाचार बिरुद्धका नारा अंकित प्लेकार्ड सहित संस्थाका पदाधिकारी तथा युवाहरुले सांकेतिक रुपमा सेवा प्रवाह सुधार गर्न दवाव दिएका थिए । सो सत्याग्रह पश्चात संस्थाले मालपोत कार्यालयको सेवा प्रवाह सुधार सहित मालपोत कार्यालयका प्रमुखहरुलाई १३ बुदें ज्ञापन पत्र बुझाएका थिए । बास बर्दिया शाखा अध्यक्ष खुमेश सुवेदि, सुर्खेत शाखा अध्यक्ष प्रशान्त ढकाल, सल्यान शाखा अध्यक्ष अनिल भण्डारी, अछाम शाखा अध्यक्ष बिष्णु खड्का, दाङ्ग, शाखा अध्यक्ष नविन अभिलासी र यदयपुर शाखाका पदाधिकारीहरुले कार्यालय प्रमुख लाई हस्तान्तरण गरेको सो ज्ञापन पत्रमा मालपोतमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस्, बिभिन्न बहानामा लिईने घुस लिन तत्काल बन्द गरियोस्, नियमित रुपमा नागरिकका गुनासो सुनुवाई गरियोस्, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस्, सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई सक्रिय बनाईयोस्, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराईयोस्, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस्, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस्, नागरिक बडापत्र उचित स्थानमा राखियोस् र गुनासो पेटिकाको उचित व्यवस्था गरियोस्, बिभिन्न बाहनामा सेवाग्राहीहरुलाई दुःख दिन बन्द गरियोस्, सेवा, प्रबाहलाई चुस्त, दुरुस्त बनाईयोस्, नागरिकहरुसँग दोहोरो सम्बाद शुरु गरि सुशासन बाहलिका लागि तत्काल पहल थालियोस्, भ्रष्टाचार बिरुद्धको प्रतिबद्धता तत्काल सार्वजनिक गरि व्यवहारमा उतारियोस् भन्दै उल्लेखित सुधार गरि मालपोत कार्यालयमा सुशासन बाहालिका लागि काम गर्ने कुरामा जोड दिईएको छ । सरकारी कार्यालयमा हुने ढिलासुस्ती बिरुद्ध बासले सरकारी कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम गर्दै आएको छ ।