मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिका भित्र खुला ठाउँमा माछा मासु बेच्न रोक
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज फागुन २३ गते– नगरका २० वटा मासु पसलमा आज अनुगमन गरिएको छ ।
    नेपालगञ्ज उपमहानगरपालिका नेतृत्वको एक टोलीले रामलिला मैदान, रानीतलाउ, वडा प्रहरी कार्यालय अगाडीका माछा मासु पसलमा अनुगमन गरेको हो । खुला र फोहर ठाउँमा राखेर माछा, मासु बेच्ने गरेको गुनासो आएपछि विहान अनुगमन गरेर सचेत गराएको टोलीले पुनः दिउसो अनुगमन गरेर केहीलाई माछा मासु बेच्न नै रोक लगाएको छ । व्यवसायीले आफनै पसल अगाढी कुखुरा, खसी काटेर झन फोहर गराएको पाइएपछि विहान फोहर हटाउन चेतावनी दिएको टोलीले दिउसो अनुगमन गर्दा अधिकांसमा सफाई भने भेटाएको थियो । उपमहानगरपालिकाका पशु सेवा शाखाका डा अपार पौडेल, निरिक्षण शाखा प्रमुख पवन कुमार कनोजीयासहित नगर भवनको प्रहरी टोलीले अनुगमन गरेको थियो । रानीतलाउमा भने ४ वटा पसलेले खुला ठाउँमा झींगा भन्कीएको अवस्थामा माछा विक्री गरेको देखिएपछि उनीहरुलाई माछा विक्री गर्न नै रोक लगाइएको हो । उनीहरुलाई अहिलेलाई सेचत गराएर आवश्यक प्रक्रिया पुरा गरेर मात्र व्यवसाय गर्न चेतावनी दिइएको छ । वडा प्रहरी अगाडी भने अनुगमन टोली पुग्नै लाग्दा खुला भुण्डाइएको खसीको फिला लुकाउने कोसीस गरिरहेका थिए । मासु पसल सफाका साथै आवश्यक कागजात दरुस्त राख्न, खुला ठाउँमा माछा मासु काटन र नबेच्न सचेत गराइएको यदि फेरी पनि अटेर गरेको पाइएमा कारवाही गरिने निरिक्षण शाखाका प्रमुख कनोजियाले जानकारी दिनु भयो । माछा मासु पसललाई व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ ।

  • २३ फाल्गुन २०७४, बुधबार १९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित