मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हरेक नागरिकले निशुल्क स्वास्थ्य सेवा औषधी पाउने डुडुवा गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरी
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज २३ फागुन । बाँकेको डुडुवा गाँउपालिकाले आज बुधवारदेखि औपचारिक रुपमा घरघरमा स्वास्थ्य सेवा अभियानको शुभारम्भ गरेको छ । गाँउपालिका वार्ड नं. ६ हिरिमिनियाको भंगघोटना गाँउबाट आज एक कार्यक्रमका विच गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरी पप्पुले स्वास्थ्य सेवा कार्ड हस्तान्तरण गरेर अभियानको शुरुवात गर्नुभएको हो ।
    भंगघोटनाका स्थानीय लल्लुराम पाण्डेलाई स्वास्थ्य कार्ड हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले अब गाँउपालिकाका सम्पुर्ण नागरिकले निशुल्क स्वास्थ्य सेवा सहज र सरल रुपमा प्राप्त गर्ने बताउदै यो अभियानले नागरिकको स्वास्थ्य समस्या अन्त्य हुने विश्वास गर्नुभयो ।
    मानिसको स्वास्थ्यसंगै पशुको समेत निशुल्क उपचार सेवाको शुरुवात गरिएको जानकारी गराउदै उहाँले यो अभियान सम्भवतः नेपालमै पहिलो भएको र यसलाई सफल पार्न सम्पुर्ण गाउँपालिकाबासीलाई अपिल गर्नुभयो । घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत गाँउपालिकाले सम्पुर्ण सेवाग्राहीलाई स्वास्थ्य सेवा कार्ड प्रदान गरि निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलव्ध गराउनेछ ।
    शुभारम्भ कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहनराम मिश्रले घरघरमा स्वास्थ्य सेवा सेवामेत्री भएको बताउदै स्वास्थ्यका जुनसुकै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसंग सम्पर्क गर्न सुझाव दिनुभयो ।
    गाउँपालिकाले शुरुवात गरेको यो अभियानलाई भरपुर्ण रुपमा सदुपयोग गर्न अनुरोध गर्दै यसले गाउँपालिकामा रहेका विभिन्न स्वास्थ्य समस्याको न्युनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य उपसंयोजक बिरेन्द्र बहादुर घले, वडा सचिव मान बहादुर बोगटी, स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्मा लगायतको उपस्थिती रहेको थियो ।
    आजैदेखि गाउँपालिकाको ६ वटै वडामा १९ जना स्वास्थ्यकर्मी परिचालन गरि स्वास्थ्य कार्ड वितरण शुरु गरिएको हो । स्वास्थ्यकर्मीले झोलामा औषधी र कार्ड लिएर घरका प्रत्येक सदस्यको स्वास्थ्य जाँच निशुुल्क औषधी विरतण गर्नेछन । जटिल स्वास्थ्य समस्या भएमा सुविधा सम्पन्न गाउँपालिकाकै स्वास्थ्य संस्थामा रिफर गरिने छ भने प्रयोगशाला जाँचका लागि बेतहानीमा स्थापना भएको ल्याबमा परिक्षणका लागि सिफारिस गरिने गाउँपालिकाले जनाएको छ ।
    गाउँपालिकाले करिब ४० हजार कार्ड तयार गरि वितरण शुरु गरेको हो । यो अभियानले गाउँपालिकाका नागरिकले कुनै पनि स्वास्थ्य समस्याबाट ग्रसित नहुने विश्वास लिएको छ । गाउँपालिकाकाले केही दिन अगाडी अभियान सञ्चालनका बारेमा दुई दिने अभिमुखीकरण समेत गरेको थियो ।

  • २३ फाल्गुन २०७४, बुधबार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित