मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दिशा पिशापलाई अलग गरि मलवनाउने तालिम गुलरियामा संचालनमा
  • मार्गरेखा संवाददाता

  • बर्दिया
    फाल्गुण,२३।
    ठोस तथा तरल फोहोर व्यवस्थापन, करेसाबारी पूर्ण सरसफाइ र इकोसान सम्बन्धीजिल्ला स्तरीय २ दिने तालिम वुधवारबाट गुलरियामा सन्चालन भएको छ। जिल्लाखानेपानी,सरसफाइतथा स्वच्छता समन्वय समितिको आयोजना युएन ह्याविटाटको सहयोग तथा माआइइ.डि.एस. नेपाल र मायुस बर्दियाको सहजीकरणमा तालिम संचालन भएको हो । तालिमको सहजिकरण श्रीरेन्द्र पोखरेलले गरेका छन् ।
    मानिसको दिसा र पिसाबलाई अलग गरेर मलको रुपमाप्रयोग गर्ने विधिनै इकोसान विधि भएको कार्यक्रममा जानकारी गराईएको छ । यस बिधीमा दिसा र पिसाबलाई अलगअलगजाने गरि चर्पी निर्माण गरिएको हुन्छ । पिसाबलाई ट्यांकी, जर्किन तथाबोतलमा जम्मागरि एक महिना राखेपछि विरुवामा जैवीक मलको रुपमा प्रयोग गर्न सकिने सहजकर्ता पोखरेलले वताए ।
    । एक जनामानिसले बार्षिक करिव ५५ केजी दिसा र ५५० लिटर पिसाब फेर्ने गरेको तालिममा जानकारी गराईएको छ । यसै गरी ५५केजी दिसाबाट १३० ग्राम नाइट्रोजन, ३८८ ग्राम फस्फोरस र ४०७ग्राम पोटास पाईने समेत पोखरेलले जानकारी गराएका छन् । ५५० लिटर पिसावबाट ४ के.जी. नाइट्रोजन, ४०० ग्राम फस्फोरस र १ के.जी. पोटास पाईने गरेको पोखरेलले वताएका छन् । ८ वटै स्थानीय तहका गरी ३० जना तालिम लिईरहेका छन् । बर्दियावासीले इकोसानलाई व्यवहारमा लागूगरेमा खुल्ला दिशामुक्त पछिको पूर्ण सरसफाई अभियानले सफलता पाउने यु.एन ह्याविटाटका जिल्ला संयोजक बिष्णु कुमारी डवाडीले वताईन् ।

     

  • २४ फाल्गुन २०७४, बिहीबार ११:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित