मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राज्यको चौथो अंग पत्रकारिता जगतबाटै समाजमा रहेका बिभिन्न समस्या समाधान हुने बाँके डुुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २४, फागुुन । बाँकेको डुुडुवा गाउँपालिकामा तीन दिने ग्रामिण पत्रकारिता तथा उदघोषण तालिम शुरु भएको छ । गाउँपालिकाको सहयोगमा लक्ष्मी नारायण क्रियसन प्रालि र अवधी पत्रकार संघ नेपालको संयुक्त आयोजनामा शुरु भएको तालिममा ६ वटै वडाका ४० जना युवाहरुको सहभागिता रहेको छ ।
    हाम्रो अभियान गाउँ गाउँमा सञ्चार भन्ने नाराका साथ संचालन गरिएको तालिम पश्चात गाउँपालिकामा रहेका विभिन्न समस्याको पहिचान गरि सत्य तथ्य समाचार सञ्चार माध्यममार्फत प्रवाह गरिनेछ ।
    तालिमको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शुभारम्भ गर्दै राज्यको चौथो अंग पत्रकारिता जगत उच्च रहेको भन्दै यस तालिमले गाउँपालिकामा स्थानीय संचारकर्मी उत्पादन भई समस्या बाहिर उजागर हुने विश्वास व्यक्त गर्नुभयो ।
    बरिष्ठ पत्रकार निरज गौतमले पत्रकारिताका विद्यार्थी वा अनुभवी पत्रकार जो कोहीले पनि पत्रकारिताको मुल्य मान्यताको पालना गरि व्यवसायिक पत्रकारिता गर्न सुझाव दिदै अहिलेको संघिय संरचनामा सञ्चारको विकास तिव्र अघि बढाउनुपर्ने बताउनुभयो ।
    गाउँपालिकाका प्रेस सल्लाहकार राकेशकुमार मिश्रले डुडुवा गाउँपालिका मधेशी समुदायको बाहुल्यता भएकाले यहाँका विभिन्न कुरिती, अशिक्षा, गरिबी, लगायत समस्या रहेकाले यस तालिमपश्चात यस्ता समस्या बाहिर आउनेमा सहयोग पुग्ने बताउँदै गाउँपालिकामा गाउँ गाउँमा संचारको विकासलाई अघि बढेको बताउनुभयो ।
    लक्ष्मी नारायण क्रियशनका प्रमुख सन्तोष रेग्मीको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल, वडा नं. १ का अध्यक्ष पटेश्वर कुर्मी, अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादव लगायतले बोल्नुभएको थियो ।
    तालिममा बरिष्ठ पत्रकार निरज गौतम, हेमन्त कर्माचार्य, सिराज खान, झलक गैरे, पत्रकारहरु अछरी पोख्रेल, राकेश मिश्र, सन्तोष रेग्मी र सूर्यलाल यादवले सहजीकरण गर्नुहुनेछ ।

  • २४ फाल्गुन २०७४, बिहीबार १८:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित