मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुरमा पनि बजाज सोरुम
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी ,
    तुलसीपुर फाल्गुन ३० / दाङको तुलसीपुरमा बजाज मोटर साईकलको शोरुम उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमका विच क्रस वोर्डर प्रा.ली.को उद्घाटन गरिएको हो । नेपालको सर्वाधिक लोकप्रिय मोटरसाईकल ब्राण्ड बजाजको आधिकारिक डिलरको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले गर्नु भएको थियो । सो अवसरमा वोल्दै प्रमुख अतिथि रावतले वजाज शोरुमको उद्घाटन संगै तुलसीपुर क्षेत्रमा व्यवसायीक चहल पहल वढेको वताउनु भयो । उहाले व्यवसायीहरुको चाहना अनुसार खुला वजारमा प्रतिष्प्रधा का आधारमा उपभोक्ताहरुलाई सेवा पु–याउन समेत आग्रह गर्नु भयो । संघिय प्रहरी ईकाई कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दिलिप कुमार चौधरी ,बजाज कम्पनीका जि.एम.योगेन गुरुङ, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत वावुराम गौतम, राप्ती बस समितिका अध्यक्ष शुरेस हमाल,तुलसीपुर उपमहानगरपालीकाका वरिष्ठ वित्तिय अधिकृत ललित वहादुर घर्ति, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन ,रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रा.ली.का संचालन प्रदिप के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो ।
    यसै विच दाङको तुलसीपुरमा वुधवार आधा दर्जन वढी नयां पसल तथा मिनीमार्टको उद्घाटन गरिएको छ । तुलसीपु्र स्थित घोराही रोडमा तुलसीपुर मिनीमार्टको उद्घाटन गरिएको छ भने पत्रकार एवं जनप्रतिनिधि शुवास डि.सी.ले (क) लाईन स्थित रेडियो तुलसीपु्र अगाडी पि.एस. किड्स कलेक्सन संचालनमा ल्याएका छन् । ति सबै पसल एवं शोरुमहरुको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले रिवन काटेर उद्घाटन गर्नु भएको छ ।

  • ३० फाल्गुन २०७४, बुधबार १७:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित